सन्नी देओलको बहिनी इशा देओल श्रीमानसँग अलग भएको दाबी

मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीकी छोरी आफ्नो अभिनयभन्दा पनि व्यक्तिगत जीवनका कारण चर्चामा रहने गरेकी छिन् ।हालै ईशा देओलको बारेमा यस्तो खबर बाहिर आएको छ । यो सुनेर सबै छक्क परे । समाचार अनुसार अभिनेत्रीले आफ्ना पति भरत तख्तानीसँग अलग भएकी छिन् ।वास्तवमा बलिउड लाइफ र बलिउड शादी डट कममा प्रकाशित समाचारका अनुसार यी कुराहरू तब प्रकाशमा आए, जब हालसालै एक सोशल मिडिया प्रयोगकर्ताले रेडिटमा एक पोस्ट साझा गरे र त्यसमा ईशा र भरत एकअर्काबाट अलग भएको संकेत गरेका थिए । जसका कारण उनीहरु अब सार्वजनिक रुपमा सँगै देखिदैनन् । यति मात्र होइन, यो पोस्टमा प्रयोगकर्ताले भरतले आफ्नी श्रीमतीलाई धोका दिएको दाबी पनि गरेका छन् ।

 

 

 

प्रयोगकर्ताले आफ्नो पोस्टमा नयाँ वर्षको दिन बेंगलुरुमा भएको पार्टीमा ईशाका पति भरतलाई देखेको दाबी पनि गरेका छन् । जहाँ उनी आफ्नी एक कथित प्रेमिकासँग थिए । भरतकी प्रेमिका बैंगलोरमा मात्रै बस्छिन् भन्ने पनि बताइएको छ । यद्यपी देओल परिवारका तर्फबाट हालसम्म यी खबरमा कुनै प्रतिक्रिया आएको छैन ।ईशा देओलले २९ जुन २०१२ मा भरतसँग विवाह गरेकी थिइन् । दुबैको विवाह इस्कॉन मन्दिरमा अत्यन्त सादगीका साथ सम्पन्न भएको थियो । विवाहको पाँच वर्षपछि यी जोडी छोरी राध्याका आमाबुवा बने र सन् २०१९ मा इशाले दोस्रो छोरी मिराया तख्तानीलाई जन्म दिइन् ।यो स्टार जोडी प्रायः सामाजिक सञ्जालमा एकअर्कासँगको तस्विर शेयर गरेको देखिन्छ । तर, यसपटक भरत ईशा देओलको जन्मदिनको सेलिब्रेशनमा गायब देखिए । हेमा मालिनीको जन्मदिनमा पनि भरत देखिएका थिएनन् । ‘धुम’ हिराेइन इशाकाे याे पारिवारिक खबरले फ्यानहरूलाइ दुःखी बनाएकाे छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९