वाणिज्य बैंक शिवगन्जबाट एउटाको एटिएम अर्कैले लगेर पैसा निकालेपछि …

झापा  । राष्ट्रिय वाणिज्य बैंक शिवगन्ज झापामा एक जना ग्राहकले जम्मा गरेको रकम दोस्रो व्यक्तिले झिकेको विषयले अहिले बैंकका कर्मचारीलाई तनाव दिएको छ। दुबै पक्षबीच सहमति भइसकेको विषयमा पुन: प्रचार-प्रसार भएको भन्दै बैंकले स्पष्टोक्ति दिएको छ।शिवसताक्षी नगरपापलिका वडा नम्बर ६ की आशाकुमारी राजवंशीले जम्मा गरेको रकममध्ये ३ लाख ४३ हजार रकम गौरीगञ्ज-१ देवीगडाका दिपेन्द्रकुमार राजवंशीले झिकेका थिए। उनले झिकेको रकम पीडितको खातामा स्थानीय प्रशासन, राजनीतिक दलका नेता, जनप्रतिनिधि र समाजका अगुवाको रोहवरमा ब्याजसहित फिर्ता गरेका पनि थिए।रकम फिर्ता गर्दा दुबै पक्षबीच कुनै मनमुटाव नगर्ने भन्दै हात मिलाएर गएको राष्ट्रिय बाणिज्य बैंकका शिवगञ्ज शाखा प्रमुख घनश्याम निरौलाले बताए।उनका अनुसार छलफल वाणिज्य बैंकमै भएको थियो। प्रहरी, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय तहका नेतासमेत सहभागी छलफलमा पीडकले पीडित समक्ष माफ मागेर गएपछि पुन: सञ्चारमाध्यममार्फत् बैंकको विश्वसनीयतामाथि शंका उत्पन्न गराइएको निरौलाले बताए।दुबै पक्षबीच मेलमिलाप भएर गएपछि पीडितले सकिएको घटनालाई लिएर सञ्चारमाध्यममार्फत् पुन: प्रचार गरे,’ निरौलाले भने।

 

यसरी भएको थियो घटना

खातावाला आशाकुमारीका श्रीमान् कृष्णकुमार राजवंशी वैदेशिक रोजगारमा थिए। उनले विदेशबाट कमाएर पठाएको रकम श्रीमतीको खातामा जम्मा हुँदै आएको थियो। विदेशबाट घर आएका बेला आफ्नो खातामा कति रकम जम्मा भइसकेको रहेछ भनेर कृष्णकुमार बैंक गएका थिए। उनलाई नगद काउन्टरबाट एक लाख ५५ हजार छ भनियो।उनले ‘कहाँ हुन्छ यति मात्र? मेरो पैसा धेरै छ’ भनेका थिए। त्यसपछि काउन्टरका कर्मचारीले पटक-पटक गरेर एटिएमबाट नगद भुक्तानी भइसकको बताए। उनले फेरि थपे, ‘मैले एटिएम लगेकै छैन, कसरी निस्कियो पैसा?’यो दोहोरो संवादपछि काउन्टरका कर्मचारी झस्किए। कर्मचारीले शाखा प्रमुख निरौलाको कार्यकक्षमा उनलाई लिएर गए। घटनाका बारेमा शाखा प्रमुखले गम्भीर चासो लिए। बैंकमा सेवाग्राहीको भिड लागेको कारण शाखा प्रमुख निरौलाले ‘अपरान्ह ४ बजेपछि तपाईंको केस हेर्छु है’ भनेर कन्भिन्स गरे। पीडित पनि ‘हुन्छ’ भन्दै घरतिर लागे।

 

यसरी पत्ता लाग्यो

शाखा प्रमुखले एटिएम नै नचलाउने ग्राहकको रकम गायब भएको विषय करिब १५ मिनेटमै पत्ता लगाए र रकम निकाल्ने गौरीगञ्जका दिपेन्द्रकुमार राजवंशीलाई बैंकबाट पहिलो पटक फोन गरे। उनले एटिएम साटिएछ भन्दै तुरुन्त बैंकमा आउन आग्रह गरे। यतिबेला ४:१५ भएको थियो।फोनमा उनले पैसा निकालेको मिति र रकमबाहेक अरू कुरा भनेनन्। शाखा प्रमुखले सोधेको प्रश्नमा उनले सही जवाफ दिएका थिए। जुन कुरा बैंकको स्टेटमेन्टसँग मिल्थ्यो। शाखा प्रमुखले फोनमा भन्दा दिपेन्द्रले ५ बजेसम्ममा ‘म बैंकमा आउँछु’ भनेका थिए। तर उनी आएनन्। उनी बैंकमा नआएपछि शाखा प्रमुख झन् आत्तिए।

 

 

तोकिएको समयमा नआएपछि पुन: फोन गरे। ‘सर मेरो आउने साधन छैन, म भोलि आउँछु’ भने। पहिलो पटक आउँछु र दोस्रोपटक आज आउन भ्याइनँ भनेपछि शाखा प्रमुखले इलाका प्रहरी कार्यालय शिवगञ्जमा खबर गरे। उनी प्रहरी लिएर गौरीगञ्जस्थित राजवंशीको घरतिर हुइँकिए।शिवगञ्जको प्रहरी टोलीले ‘पछि केही पर्न सक्छ’ भनेर प्रहरी चौकी कुन्जीबारीको टोलीलाई पनि तैनाथ रहन आग्रह गरेको थियो। उक्त टोली पनि साथैमा राजवंशीको घर गयो। राति करिब ८ बजे गाउँमा सोध्दै प्रहरीसहितको टोली राजवंशीको घरमा पुगेको थियो।

 

कहिलेदेखि निस्कियो रकम?

दिपेन्द्र राजवंशीले २०८० असोज ३ गतेदेखि २०८० कात्तिक १७ गतेसम्म पटक-पटक गरेर ३ लाख ४३ हजार रुपैयाँ निकालेका थिए। कुनै दिन त पाँच पटकसम्म रकम निकालेका थिए। एकै दिन धेरै पटक रकम निकाल्दा चाहिँ दिपेन्द्रलाई यो रकम आफ्नो होइन भन्ने कुराको हेक्का हुनुपर्ने थियो।दिपेन्द्रले अघिल्लो दिन र भोलिपल्ट पनि रकम निकालेका छन्। यसरी सरसर्ती हेर्दा छोराले पठाएको रकम हो/होइन भन्ने कुरा उनलाई राम्ररी थाहा भएको हुन सक्ने बैंकले जनाएको छ।

 

एउटाको एटिएम अर्कैलाई

आशाकुमारी राजवंशीको एटिएम दिपेन्द्रकुमार राजवंशीकोमा परेछ। दोस्रो व्यक्तिले एटिएम लगेको हुँदा रकम भुक्तानी भएको पाइएको निरौला बताउँछन्। यो घटनामा दिपेन्द्रकुमारले जानाजान रकम झिकेको हो वा होइन दैव जानुन्। तर, प्रहरी र बैंकका शाखा प्रमुख घनश्याम निरौलाका अगाडि उनले भूलवश रकम निकालेको बताए।‘मेरो छोरा वैदेशिक रोजगारका लागि रोमानियामा छ। उसैले रकम पठायो भन्ने भयो र आवश्यकता अनुसार रकम निकालें। पैसा पठाएको छ भन्थ्यो। तिरोबारोका लागि रकम निकालेको हो,’ दिपेन्द्रकुमारले बताए।‘बैंक कर्मचारीले एटिएमका लागि तयार गरेको नामावली एक्सल सिटमा तलमाथि परेको रहेछ। कपिपेष्ट गर्दा भूलवश एउटाको एटिएम अर्कोकोमा जान पुग्यो। हामीले त्यसबेलाको सिसीटिभी फुटेज हेर्‍यौं। त्यसबेला बैंकमा धेरै भिड भएकाले यो घटनालाई भूलवश भयो भन्ने हामीले ठहर गर्‍यौं। यो नियोजित पटक्कै होइन,’ शाखा प्रमुख निरौलाले भने।

 

यसरी फिर्ता गरे

बैंकका शाखा प्रमुखले राजवंशीलाई २४ घन्टाभित्र यो रकम फिर्ता गर्न उर्दी गरे। उनले ‘सर यो अवधिमा सक्दिनँ’ भने। उसो भए तीन दिनमा फिर्ता गर्न अनुरोध गरे। उनले यो समय पनि छोटो भएकाले १५ दिनको समय मागे। जनप्रतिनिधि, राजनीतिककर्मी, प्रहरीसँग १५ दिनभित्रमा रकम जम्मा गर्ने उनले प्रतिवद्धता जनाए।उनले तीन पटकमा दोस्रो व्यक्तिको खाताबाट निकालेको रकम उनकै खाताबाट जम्मा गरे। कात्तिक २४ मा १ लाख, मंसिर ४ मा १ लाख ४० हजार र मंसिर ५ मा १ लाख ३ हजार फिर्ता गरेका थिए। यो रकम उनले चलाएबापत समाजले तोकेको ७ हजार ५ हर्जना पनि जम्मा गरिदिएका थिए।

 

बैंकलाई लागेको दुख

सञ्चारमाध्यममा आएको जस्तो बैंक कर्मचारीको यो घटनामा कुनै पनि कारणले संलग्नता नभएको निरौला बताउँछन्।जसले रकम झिकेर लग्यो उसैले फिर्ता गरेको छ। बैंकका कर्मचारी र बैंकको नामबाट जम्मा भएको होइन। यो घटनालाई जोडेर केही व्यक्तिले राजनीतिक स्वार्थपूर्तिका लागि प्रहरीमा निवेदन दिन पीडितलाई बाध्य पारिएको हाम्रो बैंकको बुझाई छ,’ निरौलाले भने, ‘पीडितले इलाका प्रहरी कार्यालय झिलझिले र राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए। बैंकलाई नै विपक्षी बनाई निवेदन दिनुअगाडि घटनाका बारेमा बैकसँग बुझिदिएको भए बैंकको पनि स्पष्टताको अधिकार सुरक्षित हुनका साथै बेलैमा कुनै दु:ख हुँदैनथ्यो।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर...

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

काठमाडौँ, निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

समावेशिताका आधारभूत मूल्यलाई अझ सुदृढ बनाउन सहयोग पु-याउनेछ : उपराष्ट्रपति यादव

काठमाडौँ,  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई सोनाम ल्होसार जस्ता पर्वले अझ सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।   नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले...

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने उल्लेख गर्नुभयो ।   सञ्चारमन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेको चार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९