मस्को। प्यालेस्टाइनी अतिबादी समुह हमासको प्रतिनिधिमण्डल रुसको भ्रमणमा निस्केका छन । प्यालेस्टाइनस्थित गाजामा इजरायली हमला जारी रहेको बखतमा हमासको प्रतिनिधिमण्डल रूस पुगेको हो । हमासको प्रतिनिधिमण्डलले मस्को भ्रमण रहेको रुसी विदेश मन्त्रालयले जानकारी दिएको छ ।सो भ्रमण र वार्ताका क्रममा रुसले इजरायली बन्दीहरूलाई रिहा गर्न तथा समूहको गाजा पट्टीमा रहेको मानवीय संकट हल गर्ने बिषयमा जोड दिएको मन्त्रालयले जनाएको छ।साे क्रममा रूसले गाजा पट्टीमा ‘विपत्तिजनक मानवीय संकट’को पनि निन्दा गरेकाे अलजजिराले जनाएकाे छ ।





























































































































































