
रत्ननगर। गोठौली मालपुर जोड्ने बुढी राप्ती खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणको लागि आजै सिलन्यास समेत गरिएको छ ।वडा नम्बर ७ का वडा अध्यक्ष सजना महतोले सिलन्यास गरेका हुन् । पुल निर्माणको जिम्मा थानी निर्माण सेवा प्रालि बत्तिसपुतली काठमाण्डौंले पाएको छ । २०७९ चैत २३ गते स्थानीय पूर्वाधार आयोजनाको कार्यालय हेटौंडासँग निर्माणसेवाले सम्झौता गरेको थियो । निर्माण सेवाका प्रतिनिधि लोक बहादुर बस्नेत सम्झौता अनुसार कुल १ करोड ८० लाख २५ हजार रुपैयाँको लागतमा पुल निर्माणहुन लागेको हो ।१ सय ३१ दशमलव ८० मिटर लामो निर्माण हुने पुलको चौडाई १ मिटर ३० सेन्टी रहनेछ । पुलमा ६ वटा जग हुनेछन् । २ वर्ष अवधिमा निर्माण सम्पन्नगर्नुपर्ने सम्झौता छ ।स्थानीयवाट अवरोध, विरोध नआए चैत महिनाभित्रै निर्माण सम्पन्न गरेर स्थानीयलाई बुझाउने निर्माण सेवा प्रालिको लक्ष्य छ । चित्रसारी पुलमा सवारी साधनको चाप बढेका कारण पुलमा चाप न्यून बनाउन झोलुङ्गे पुल बनाउन लागिएको वडा नम्बर ७ का वडा अध्यक्ष सजना महतोले जानकारी दिए ।अटो, मोटरसाइकलदेखि साइकलहरू सजिलै लैजान मिल्ने गरी झोलुङ्गे पुल निर्माण गर्न लागिएको उनले बताए । शिलन्यास कार्यक्रममा स्थानीय, जनप्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।