पीएम कपमा पुलिसले आर्मीलाई हरायो

काठमाडौँ। नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कपमा लगातार तेस्रो जित हासिल गरेको छ ।आइतबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो ।पुलिस क्लबले दिएको १४१ रनको लक्ष्य पछाएको आर्मीले ३२.२ ओभरमा अलआऔत हुदै १२७ रन मात्र बनाएको थियो ।मौसम खराब हुदा यो खेल ३३-३३ ओभर मात्र खेलाइएको थियो ।यसअघि पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ३१.४ ओभरमा अलआउट हुदै १४० रन बनाएको थियो ।जारी प्रतियोगितामा यो नेपाल पुलिसको तेस्रो जित हो । ३ खेलमा ६ अंकसहित पुलिस क्लब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै त्रिभुवन आर्मीको भने ४ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।अब पुलिस क्लबले अर्को खेल सोमबार नै भैरहवामा एपीएफविरुद्ध खेल्ने छ भने त्रिभुवन आर्मी क्लबले मंगलबार एपीएफविरुद्ध खेल्ने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१