रूस नियन्त्रित सहरमा युक्रेनी हमलामा परी २७ को मृत्यु, २५ घाइते

किभ । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै छाँटकाट देखिएको छैन । सोही क्रममा रुसको कब्जामा रहेको युक्रेनी बजारमा भएको गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सो घटनामा परी २५ जनाको मृत्यु भएको छ । समाचार अनुसार सो हमला  डोनेट्स्क सहरको उपनगर तेकस्तिलशचिकमा बिहानै सो आक्रमण भएको हो। स्थानीय प्रशासनका अनुसार उक्त हमला युक्रेनी सेनाले गरेका हुन ।

 

डोनेस्कमा रुसले नियुक्त गरेको उच्च अधिकारी डेनिस पुशिलिनले आक्रमणमा २५ जना घाइते भएको जानकारी दिए । यद्यपी युक्रेनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसबाहेक, यी दावीहरूलाई एसोसिएटेड प्रेसद्वारा स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिएन। घटनापछि घटनास्थलमा उद्धार कार्य जारी छ ।

 

रुसी नियुक्त अधिकारीले पनि आपतकालीन सेवाका कर्मचारीहरूले घटनास्थलमा उद्धार कार्य जारी रहेको जनाएका छन । उता, आइतबार रुसको उस्ट लुगा बन्दरगाहमा आगलागी भएको जानकारी दिएका छन् । रासायनिक ढुवानी टर्मिनलमा दुई विष्फोट भएपछि घटना भएको हो।

 

स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको जनाएको छ । ड्रोनको आक्रमणका कारण ग्यासले भरिएको ट्याङ्कीमा आगो निस्केर फैलिएको थियो । रुसको किंगसेप क्षेत्रको बन्दरगाह प्रमुख युरी जाप्लातस्कीले एक विज्ञप्तिमा उक्त घटनामा कुनै हताहत नभएको बताए । यो भयानक घटनापछि जिल्लालाई उच्च सतर्कतामा राखिएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९