
वासिंगटन डिसी। राष्ट्रपतिका दावेदार फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले चुनावी मैदान परित्याग गरेका छन ।न्यु ह्याम्पशायर प्राइमरी भन्दा ठीक अघि आफ्नो रिपब्लिकन अमेरिकी राष्ट्रपतिको चुनावी मैदान छाडेर डोनाल्ड ट्रम्पलाइ समर्थन गरेका छन ।पूर्व राष्ट्रपति ट्रम्पलाइ गम्भीर चुनौती दिइरहेका डेसेन्टिसले चुनावी मैदान छाडे पछि ट्रम्पलाइ थप सहज भएको छ । यसअघि राधास्वामीले पनि चुनावी मैदान छाडेर ट्रम्पलाइ समर्थन गरेका थिए ।‘यसमा म स्पष्ट भएको छु कि रिपब्लिकन प्राथमिक मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहन्छ,’ उनले आइतवार टविटरमार्फत भनेका छन । न्यू ह्याम्पशायरको प्राथमिक छनौट प्रक्रिया भोली अर्थात मंगलबार हुदैँ थियो ।