ईएफएल कपको फाइनलमा पुग्यो लिभरपुल

काठमाडौँ। लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३-२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए भने खेलको ७६औं मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए ।यस अघिको पहिलो लिग लिभरपुलले २-१ ले जितेको थियो । अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्ने छ । फाइनल खेल फेब्रुअरी २५ मा हुने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१