
काठमाडौं । ऊर्जा क्षेत्रको समस्या पहिचान र समाधानको उपायसहित सरोकारवालहरुकोसँगको संवादमा आधारित इनर्जी नेपाल मिडिया हाउसको प्रस्तुती कार्यक्रम जलसरोकार माघ १५ गते सोमबारदेखि एपी वान टेलिभिजनमा प्रसारण हुने भएको छ ।ऊर्जा क्षेत्रमा रहेका समस्या पहिचान गरी त्यसलाई सरोकार निकायकाे ध्यानाकर्षण गराउने उद्धेश्यसहित कार्यक्रम जलसरोकार प्रसारण हुन लागेको हो । कार्यक्रम प्रत्येक सोमबार बेलुका ८ : ३० मा प्रसारण हुनेछ ।