इङल्याण्डविरुद्धको टेस्टमा बलियो अवस्थामा भारत

काठमाडौं । भारत इङल्याण्डविरुद्धको टेस्टमा बलियो अवस्थामा रहेको छ । खेलको दोस्रो दिनको खेल सकिदा भारतले इङल्याण्डमाथि १७५ रनको अग्रता बनाएको छ ।भारतले ७ विकेट गुमाउदै ४२१ रन बनाउदा दोस्रो दिनको खेल सकिएको छ ।भारतका लागि रविन्द्र जडेजाले ८१ र अक्सर पटेलले ३१ रन बनाएर क्रिजमा रहेका छन् । यस अघि भारतका लागि यशश्वी जैसवालले ८०, कप्तान रोहित शर्माले २४,

 

 

शुभमन गिलले २३, केएल राहुलले ८६, श्रीकर भरतले ४१, श्रेयस अय्यरले ३५ रन बनाएका थिए ।त्यस्तै इङल्याण्डका बलरटम हार्टली र जो रुटले २-२ विकेट लिएका छन् भने जयक लीच र रेहान अहमदले एक एक विकेट लिएका छन् ।यस अघि यस टेस्टमा पहिला ब्याटिंग गर्दै इङल्याण्डले २४६ रन बनाएको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१