
काठमाडौं। ताजकिस्तान पहिलो पटक एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।गएराती सम्पन्न राउण्ड १६ को खेलमा ताजकिस्तानले पेनाल्टी सुटआउटमा युएईलाई ५-३ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।यसअघि निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीमा खेल सकिएपछि ३० मिनेटको अतिरिक्त समय गोलरहित बराबरीमा खेल रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।
खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा युएईले गोल गर्दै खेलमा कमब्याक गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।ताजिकिस्तानका लागि भख्डत खानोनोभले खेलको ३०औं मिनेटमा गोल गरेका थिए भने युएईका लागि खालिफा अल हम्मादीले एक गोल गरेका थिए ।