मोनालिसाको पेन्टिङमा जलबायु कार्यकर्ताले फाले सुप

पेरिस । जलवायु परिवर्तनका अभियन्ताहरूले पेरिसको लुभ्र म्युजियममा रहेको मोनालिसाको चित्रकलालाई निशाना बनाएका थिए। दुई महिला कार्यकर्ताले संग्रहालयमा रहेको चित्रकलाको अगाडिको गिलासबाट सुप फालेका छन् ।  सुरक्षालाई चकित पारेर दुवै महिला पेन्टिङको नजिक पुगेका थिए । यस घटनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुई महिलाले पहिले केही टाढाबाट पेन्टिङमा सुप फाल्छन् र त्यसपछि पेन्टिङको नजिक पुग्छन् ।

 

 

पेन्टिङमा सुप फालेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले पेन्टिङको अगाडि कालो पर्दा लगाएको भिडियोमा देखिन्छ । फ्रान्सेली समाचार संस्थाका अनुसार दुई कार्यकर्ता पेन्टिङको नजिक पुग्छन र फ्रान्सेली भाषामा कराएर भन्छन, ‘कुन चाँही महत्त्वपूर्ण छ, कला वा स्वस्थ तथा उपयुक्त खाद्य प्रणालीको अधिकार ?’

 

 

उनीहरुले फ्रान्सेली भाषामा भनेका छन्,  ‘तपाईको कृषि प्रणाली खराब छ । हाम्रा किसान काम गर्दागर्दै मरिरहेका छन् ।’ यी दुवै कार्यकर्ता फ्रान्सेली संगठन रिपोस्टे एलिमेन्टेयरको प्रतिनिधित्व गरिरहेका थिए। पछि वातावरण र खाद्यान्नको स्रोतको आवश्यकतालाई उजागर गर्नका लागि यो विरोध गरिएको भन्दै जलवायु अभियन्ताले विज्ञप्ति जारी गरेका छन् ।

 

 

यसअघि पनि धेरै कार्यकर्ताहरूले जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन आर्टलाई निशाना बनाएका छन्। यसअघि मे २०२२ मा एक विरोध प्रदर्शनका क्रममा मोनालिसाको पेन्टिङको अगाडिको गिलास थिचिएको थियो । अक्टोबर २०२२ मा लन्डनको नेशनल ग्यालरीमा भिन्सेन्ट भान गगको सनफ्लावर चित्रकलामा पनि सूप फालिएको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९