श्रीलंका क्रिकेट बोर्डमाथि आइसीसीले लगाएको प्रतिबन्ध हट्यो

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।आइसीसीले तुरुन्तदेखि लागु हुने गरि श्रीलंकामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।आइसीसीले क्रिकेट संघमा सरकारले हस्तक्षेप गरेको भन्दै गत नोभेम्बर १० मा प्रतिबन्ध लगाएको थियो । त्यसपछि नोभेम्बर २१ मा बसेको आइसीसी बोर्डले प्रतिबन्धका बाबजुत श्रीलंकाको क्रिकेट गतिबिधिलाई जारी राख्ने निर्णय गर्दै यू-१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रीका सार्ने निर्णय गरेको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१