काठमाडौँ । उज्बेकिस्तानले थाइल्याण्डलाई पराजित गर्दै एशियन कपको क्वाटर फाइनलमा पुगेको छ ।

काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले नोट्टीङघम फरेस्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक एक गोल गरेका हुन् । त्यस्तै नोट्टीङघम फरेस्टका लागि एक गोल टाईवो अवोनलयीले फर्काएका थिए ।यो जितपछि आर्सनलको २२ खेलमा ४६ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ । यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ ।त्यस्तो नोट्टीङघमको २२ खेलमा २० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१