स्वास्थ्यकर्मीको भेषमा अस्पतालमा घुसेर इजरायली सेनाले मारे प्यालेस्टाइनी

गाजा । गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन, तत्काल हुने छाँटकाट पनि देखिएको छैन ।तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको हत्या गरेको छ। इजरायली सैनिकहरूले ती व्यक्तिहरूले आतंकवादी हमलाको योजना बनाएको बताएका छन्।

 

 

इजरायली कमाण्डोहरूले कब्जा गरिएको वेस्ट बैंकको जेनिनस्थित इब्न सिना अस्पतालमा तीन जनालाई मारेका थिए र उनीहरूले आतंकवादीू आक्रमण गर्ने योजना बनाएका थिए । यी इजरायली कमाण्डोहरू स्वास्थ्यकर्मी र सर्वसाधारणको भेषमा अस्पतालमा प्रवेश गरेको प्यालेस्टाइनी मिडियाले जनाएका छन ।

 

प्रहरी र सेनाका अनुसार यी मध्ये दुई जना हालैका हिंसात्मक घटनामा संलग्न रहेको बताइएको छ । उही समयमा हमासले यस विषयमा भनेको छ कि अस्पतालमा हत्याहरू गाजा देखि जेनिनसम्म हाम्रा मानिसहरू विरुद्ध कब्जाको चलिरहेको अपराधको निरन्तरता हो।

 

सिसिटिभी अनलाइन प्रसारणले झण्डै एक दर्जन गुप्त सैनिकहरू तीनजना महिलाको लुगा लगाएका र दुईजना मेडिकल स्टाफको लुगा लगाएर राइफल लिएर जेनिनको इब्न सिना अस्पतालको कोरिडोरमा हिंडिरहेका देखिएको छ । यद्यपि यो फुटेजको पुष्टि हुन बाँकी छ ।

 

 

इजरायली सीमा प्रहरीले बलको गुप्त इकाईले गरेको कारबाहीमा तीन प्यालेस्टिनी बन्दुकधारी मारिएको जनाएको छ। सेनाले तीमध्ये एक हमास सदस्यको रूपमा पहिचान गरेको छ। जसको बारेमा भनिएको छ, ‘अक्टोबर ७ मा भएको नरसंहारबाट प्रेरित भएर आक्रमण गर्ने योजना बनाइरहेका थिए ।’ तर, स्वास्थ्यकर्मीको भेषमा सैनिक पठाएको हमासका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेको थियो। यसपछि इजरायलले जवाफी कारबाही गर्दै हमासमाथि हमला जारी राखेको छ ।  यसपछि वेस्ट बैंकमा हिंसा बढ्यो जुन अझै जारी छ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९