शुक्रबार, भदौ २७, २०८२

६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

 

सुर्खेत । सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्।

 

 

विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी उत्पादन पनि बढेको छ। गत आव २०७९/८० को झण्डै ६ महिनामा १७ करोड २३ लाख १६ हजार ६ सय रुपैयाँको ४२ लाख ९९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो।यो वर्ष गतवर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मूल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।

 

 

देशकै दोस्रो तरकारी संकलन केन्द्र कपुरकोटमा असारदेखि मंसिरसम्म बजार सञ्चालन हुने गर्दछ। उत्पादित टमाटर, काउली, बन्दागोभी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु लगायतका बेमौसमी तरकारीले योपटक राम्रो भाउ पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए।

 

 

उनका अनुसार व्यापारीहरूले कपुरकोटबाट ताजा तरकारी ४६ लाख ३० हजार ८७१ किलो, अदुवा १ लाख २४ हजार १९ किलो र १ लाख २ हजार ३५६ किलो फलफूल खरिद गरेर लगेका छन्।कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ। किसानले १३ लाख ६९ हजार ४७५ किलो टमाटर बेची ८ करोड २३ लाख ८३ हजार ३८ रुपैयाँ आम्दानी गरेका छन्।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९