एटलेटिकोले रियल म्याड्रिडलाई बराबरीमा रोक्यो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।गएराती सम्पन्न खेलमा रियल म्याड्रिडलाई एटलेटिको म्याड्रिडले १-१ गोलको बराबरीमा रोकेको हो ।एटलेटिको म्याड्रिडले इन्जुरी समयको ९३औं मिनेटमा गोल गर्दै रियल म्याड्रिडसँग अंक खोसेको थियो । एटलेटिको म्याड्रिडका लागि मार्कस लिओरेन्टेले गोल गरेका थिए ।

 

 

यसअघि खेलको २०औं मिनेटमा रियल म्याड्रिडका लागि ब्राहिम डियाजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।यो बराबरीपछि रियल म्याड्रिडको २३ खेलमा ५८ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको जिरोना भन्दा २ अंकले अगाडी रहेको छ ।त्यसैगरी एटलेटिको म्याड्रिडको भने २३ खेलमा ४८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१