भारतसँग हारेसँगै नेपाल यु–१९ महिला साफबाट बाहिरियो

काठमाडौं ।  नेपाल साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा भएको खेलमा जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ ।

 

 

भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १–० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३– १ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलले विजयी भएको थियो । भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरेका थिए ।  अब प्रतियोगिताको फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१