
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ लिक्मामा गौरीगङ्गा गोल्ड कप २०८० हुने भएको छ । ‘समृद्धिको आधार : फुटबलको पुर्वधार’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजनामा यही फागुन १९ गते देखी २८ गते सम्म हुने सम्म प्रतियोगिता हुने बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । मध्यवर्ती क्षेत्रमा नमुना रंगशाला निर्माण गर्ने, नगर क्षेत्रलाई खेलकुदको चहलपहल बढाउने, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । प्रतियोगितामा सुदूर पश्चिम प्रदेशका गरी १० टिमको सहभागिता रहने छन् । प्रतियोगिताको विजेताले ६ लाख सहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । उत्कृष्ट खेलाडीले ५० हजार ,प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने अध्यक्ष कलेलले जानकारी दिए ।
उनले चौथो संस्करणको खेलको तयारी सुरु भएको जानकारी दिए । गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए । पत्रकार सम्मेलनमा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा एशियन थाई फुड्स र जगदम्बा इन्टरप्राइजेज सह–प्रायोजकका रुपमा रहेका छन्। राष्ट्रिय खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र र गौरीगंगा नगरपालिका मुख्य प्रर्वद्धकका रुपमा रहनेछन्। सौगात क्लिनिक मेडिकल पार्टनरका रुपमा रहनेछ।
प्रवर्दकका रुपमा गौरीगंगा नगरपालिकाका ११ वटै वडा रहेका छन्। कैलाली जिल्ला फुटबल संघ, प्रदेश फुटबल संघ र एन्फाले प्रतियोगितालाई प्राविधिक रुपमा सहयोग गर्नेछन् । २०७४ साल बाट खेलकुद र फुटबलको विकास निम्ति र व्यावसायिक खेलाडी तथा खेलाडी उत्पादन र गाउँ घर खेलाडीहरू लाई क्षमताको विकास एवं युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्नको लागी गौरीगङ्गा–११ स्पोर्टस क्लबले काम गर्दै आएको छ । चौथो संस्करणको गौरीगङ्गा गोल्ड कप खेल वडा नम्बर ८ स्थित लिक्माको खेल मैदानमा सञ्चालन हुने बताइएको छ ।