शुक्रबार, भदौ २७, २०८२

बुद्धभूमि हाइड्रोपावरको नाफा ६१.४१ प्रतिशत घट्यो

काठमाडौ। बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ६१.४१% ले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ लाख ६२ हजार रुपैयाँमा सीमित भएको जनाएको छ । कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा भने ८२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । बुद्धभूमिको विद्युत बिक्रीबाट आम्दानी बढेपनि प्रशासनिक खर्च र वित्तीय लागतमा वृद्धि भएपछि खुद नाफामा कमी आएको हो । यसअवधिमा विद्युत बिक्रीबाट ९ करोड ५४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको ८ करोड ४८ लाख ४८ हजार रुपैयाँको तुलनामा १२.५४ प्रतिशत धेरै हो ।

 

 

प्रशासनिक खर्च ८४ लाख ५९ हजार रुपैयाँबाट बढेर १ करोड ३१ लाख रुपैयाँ पुगेको छ। वित्तीय लागत ३ करोड ५९ लाख ५६ हजार रुपैयाँबाट बढेर ५ करोड ५१ लाख ७ हजार रुपैयाँ पुगेको हो ।  खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित बनेको छ ।प्रतिसेयर आम्दानी २.६० रुपैयाँले घटेर १.६३ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ९१.८३ रुपैयाँ छ । यसको सेयर पुँजी ४० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१