बागमती प्रदेशमा धान उत्पादनमा गिरावट

हेटौंडा। बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा प्रदेशभरको धान उत्पादनमा ४.०२ प्रतिशतले गिरावट आएको हो।

 

 

यस वर्ष प्रदेशभर १ लाख ४ हजार ८४९.७० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४ लाख ३५ हजार ४२.६९ मेट्रिक टन मात्र उत्पादन भएको छ। गत आर्थिक वर्षमा भने १ लाख १५ हजार ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ४ लाख ६७ हजार ७०५.५१ मेट्रिक टन उत्पादन भएको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा यस वर्ष प्रदेशभरको धान उत्पादनमा ठूलो गिरावट आएको देखिन्छ।

 

 

धान उत्पादनमा सबैभन्दा धेरै ह्रास चितवन र मकवानपुर जिल्लामा आएको छ। बागमती प्रदेशको कुल धान उत्पादनमा चितवनको २५ प्रतिशत र मकवानपुरको १५ प्रतिशत योगदान रहेकाले यी दुई जिल्लामा उत्पादन घट्दा समग्र प्रदेशमा प्रभाव परेको हो। चितवनमा यस वर्ष गत वर्षको तुलनामा १९.३४ प्रतिशतले र मकवानपुरमा १२.३७ प्रतिशतले धान उत्पादनमा कमी आएको छ। धान उत्पादनमा गिरावटका लागि निर्देशनालयले धानबालीमा लाग्ने विभिन्न रोगहरू र अनुकूल वातावरण नहुनुलाई जिम्मेवार ठहर्‍याएको छ।

 

 

विशेषगरी कालोपोके रोग र धान पसाउने समयमा धेरै वर्षा हुँदा पनि उत्पादनमा असर परेको छ। यद्यपि, बागमती प्रदेशकै केही जिल्लामा भने यस वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा सामान्य वृद्धि भएको छ। सिन्धुपाल्चोकमा यस वर्ष १.५१ प्रतिशतले बढी धान उत्पादन भएको तथ्याङ्कले देखाउँछ। तर, प्रदेशको कुल धान उत्पादनमा सिन्धुपाल्चोकको योगदान नगन्य मात्र रहेकाले समग्रमा गिरावट आउन सकेको देखिन्छ।

 

 

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१