साहित्य समाजले गर्‍यो पूर्वप्रधानमन्त्री चन्दको भव्य स्वागत, आज नागरिक अभिनन्दन गरिँदै

धनगढी । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व मदन पुरस्कार विजेता, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले स्वागत तथा सम्मान गरेको छ। साहित्यकार एवम् पूर्व प्रधानमन्त्री चन्दको आज हुने नागरिक अभिनन्दन मूल समारोह समितिले अभिनन्दन गर्न लागेको पूर्वसन्ध्यामा २ फागुनमा सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले स्वागत तथा सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्वप्रधानमन्त्री चन्दले आफ्नो राजनीति भन्दा साहित्यमा झुकाव रहेको बताउँदै साहित्य समाजभित्र मदन पुरस्कार विजेता स्रष्टाहरू रहेकाले सुदूरपश्चिमको भाषा, साहित्य, कला , संस्कृतिको उन्नयनमा योगदान पुगेको बताए।

 

 

देशमा कोही भन्दा कोही कम नरहेको बताउँदै उनले सर्जकहरूले देश हाँक्न संस्कृति र साहित्यको उन्नयन गरिरहे बताए। सबै तह र तप्काका सुदूरपश्चिमवासीहरूले यसको विकासका लागि एक भएर लाग्नु पर्ने बताउँदै उनले सुदूरपश्चिमको भाषा, साहित्य, कला, संस्कृति र इतिहासको उन्नयन गर्न सबैले लाग्नु पर्ने बताए।

 

 

उनले वरिष्ठ साहित्यकार एवम् सामाजिक धार्मिक अभियन्ता अध्येता पद्मराज जोशीले स्थापना गरेको पद्म प्रभात प्रतिष्ठान र डोटेली भाषाका चलचित्रहरूका निर्देशक खडक बहादुर मल्लको परिकल्पनामा शुभारम्भ हुन लागेको काली कर्णाली क्षेत्रको मौलिक संस्कृति उजागर अभियान शृखला ’क’ को पनि समारोहमा समुद्घाटन गरेका छन्।

 

 

त्यसैगरी सुदूरपश्चिम साहित्य समाजका निवर्तमान अध्यक्ष तथा मदन पुरस्कार विजेता रामलाल जोशीले सुदूर पश्चिमाञ्चल साहित्य समाजको भवनमा बनेको स्थानको जमिन चन्द प्रधानमन्त्री हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानको सुदूरपश्चिममा शाखा खोलियोस् भन्ने अभिप्रायले संघीय प्रज्ञा प्रतिष्ठानको नाममा दुई विगाह १७ कट्ठा जमिन सरकारद्वारा प्रदान गराएको जानकारी गराए।

 

 

त्यस्तै समाजका अध्यक्ष तीर्थराज पाण्डेयले राजनीतिको सर्वोच्च पदमा पुगेपछि धेरैले साहित्य साधना छोड्ने गरेको बताउँदै वरिष्ठ साहित्यकार चन्दले साहित्यिक साधनलाई निरन्तरता दिइरहेको बताए।

 

 

सुदूरपश्चिमको भाषा साहित्य संकृति र कलाको उन्नयन होस् भनेर गरेको योगदानकै कारण सुदूरपश्चिम साहित्य समाज आफ्नै तीनतले भवनसम्म आई पुगेर साहित्य सिर्जना र सांस्कृतिक उन्नयनमा कटिबद्ध हुन सकेको उनले बताए । योगदानको लागि उहाँको सम्मान र स्वागत गरिएको अध्यक्ष पाण्डेले बताए।

 

 

वरिष्ठ कवि प्राज्ञ वासुदेव पाण्डेयले कवितामार्फत सम्मान स्वागत र प्रशंसा गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले राजनीतिमा सदाचारको पर्याय चन्दको स्वागतमा प्रत्यक्ष सहभागी हुन पाउँदा खुसी लागेको बताइन्।

 

 

उनले सबै राजनेता र राजनीतिकर्मीहरूले उहाँ जस्तै भाषा, साहित्य, कला र संस्कृतिका लागि गर्नुभएको योगदानबाट सिक्नुपर्ने बताए। कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै पद्म प्रतिभा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डिल्लीराज फुलाराले साहित्य साधनामा तल्लीन राजनेता भएकै कारण उहाँ निर्विवाद रहनुका साथै स्वच्छ छवि बनाउन सफल भएको बताए ।

 

 

उनले सफल राजनीतिज्ञको अभिनन्दन हुनु प्रशंसनीय कार्य भएको बताउँदै राष्ट्र सेवाबाट निवृत्त भएपछि वरिष्ठ साहित्यकार एवम् सामाजिक सांस्कृतिक अभियन्ता अध्येता पद्मराज जोशीले आफ्नो भविष्यका लागि बचत गरेको पन्ध्र लाखको अक्षयकोष स्थापना गरेर यस क्षेत्रको लोक संस्कृति, साहित्य र इतिहासको अन्वेषण गरी प्रकाशनलाई टेवा पुर्‍याउन कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले जानकारी गराए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा (बाँके),  राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ, अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि...

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका,  (रासस/एएफपी) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको...

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’

भोजपुर, पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीयको पहलमा ऐतिहासिक कन्यादह र मङ्गलबारे देवस्थलको संरक्षण गरिएपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । धार्मिक आस्थासँगै...

देशका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा

गण्डकी,  कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुट्नुभएका कलाकार नगेन सिंह ठकुरीको नेपाल कला यात्रा पुस्तक बजारमा आएको छ । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान स्वरुप ७७ जिल्लाका १०१ गन्तव्यलाई कलाका रुपमा पुस्तकमा प्रकाशन गरिएको हो । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

लागूपदार्थ विरुद्धको आवाज घोडाघोडीबाट उठ्ने — भोलि चेतनामूलक कार्यक्रम हुँदै

कैलाली । पछिल्लो समय लागू पदार्थ दुर्व्यसनीको सङ्ख्या निरन्तर बढिरहेको छ । तराइमा सबैभन्दा धेरै कैलालीमा यसको कारोबारी र सेवनकर्ता बढिरहेको प्रहरीले जनाएको छ।   दुर्व्यसनीका कारण समाजमा विभिन्न अपराधीक क्रियाकलाप पनि भइरहेका छन् । कानुनी रूपमा वञ्चित रहेको लागू पदार्थको बेचबिखन तथा सेवनलाई अन्त्य गर्न...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

आइसिसी विश्वकप क्रिकेट लिग: नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं, आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा जारी छ । त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार शृङ्खलामा १६ खेल खेलेर १२ अङ्कका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९