पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो । निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ५६ पैसाले बढाएको जनाएको छ । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१