मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन् ।उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि द्र्व्यवहार भएको थियो ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...























































































































































