काठमाडाैं बाहिर पहिलाेपटक राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न

भैरहवा । भैरहवामा भएको  राष्ट्रिय महिला उद्यमी सम्मेलनले १० बुदे निश्कर्ष निकालेकाे छ ।पहिलो पटक संघीय राजधानी बाहिर लुम्बिनी प्रदेश, रुपन्देहीको भैरहवामा महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ नेपाल उद्योग बाणिज्य महासंघको आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग बाणिज्य संघको समन्वय तथा सहकार्यमा भएको राष्ट्रिय महिला उद्यमी सम्मेलन भएको हो ।

 

 

सम्मेलनमा महिला उद्यमशीलता नीति र नतिजा, वित्तीय पहुँच, बजारको पहुँच, पर्यटन सम्भावना र चुनौति एवं स्टार्ट अपका सम्भावना बिषयमा छलफल गरी निष्कर्ष सहितको सुझाव तयार भएको र सम्बन्धित निकायहरुमा प्रस्तुत गरिने नेपाल उद्योग बाणिज्य महासंघ महिला उद्यमी बिकास समितीको सभापति कमला श्रेष्ठले जानकारी दिइन ।

 

 

यस्तै सम्मेलनले महिला उद्यमशीलता लक्षित नीतिहरु कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको संजाल मार्फत तिनै तहका सरकारमा निरन्तर पैरवी गर्ने, महिला उद्यमशीलताका लागि दिइदै आएको सहुलियतपूर्ण कर्जा रोकिएकोमा उक्त कर्जा पुन सुचारु गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लगायतका निकायको ध्यानकर्षण गराई कार्यान्वयन गर्न पहल गर्ने, घरेलु, साना तथा मझौला उद्यमहरुको दर्ता र नविकरण धेरै निकायमा गर्नुपर्ने वाध्यता भएको सन्दर्भ एउटा निकायमा मात्रै दर्ता गर्न सक्ने व्यवस्था गर्न सबै सरकारको ध्यानाकर्षण गरि कार्यान्वयनको जोडदार माग गर्ने, उद्यमी महिलाहरूलाई आफ्नो व्यवसायमा अझै सबल बनाउन महिला उद्यमशीलता विकास कार्यक्रमलाई सीप विकास एवं उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा थप सक्रियतापूर्वक आबद्ध गर्ने निश्कर्ष निकालेको छ ।

 

 

यस्तै अन्तराष्ट्रिय उदाहरण र देशमा विद्यमान नीतिगत तथा व्यवहारिक अवस्थाको आँकलन गरी महिला र पुरुषको ज्याला समान बनाउन उचित नीति नियम निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्ने र त्यसको लागि नीति निर्माता र व्यवसायीहरूसँग निरन्तर संवाद गर्ने, महिला उद्यमीहरूका उत्पादन प्रवर्द्धन र बजार बिस्तारमा सघाउने उद्देश्यसहित बाहै महिना उपलब्ध हुने गरी संघ, प्रदेश र स्थानीय तहमा प्रदर्शनी÷बिक्री स्थलको व्यवस्थाका लागि पहल गर्ने र उपलब्ध त्यस्ता स्थानहरूलाई सुधार गर्दै लान प्रोत्साहन दिने ।

 

 

 

महिला उद्यमीका लागि उपलब्ध सेवा–सुविधाहरूका बारेमा जानकारी दिन एकद्वार प्रणाली कायम गर्ने, महिला उद्यमीहरूका लागि स्टार्टअप अनुदानको व्यवस्थाका लागि संघीय तथा प्रदेश सरकारहरूसँग माग गर्ने । सबै प्रदेशमा स्टार्टअप इन्कुबेसन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्नुका साथै वित्तीय संस्थाहरूसँग पनि महिला उद्यमीहरूको लागि सहुलियतपूर्ण स्टार्टअप ऋणका लागि संवाद गर्ने ।

 

 

सन् २०२६ मा नेपालअतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गैरहेको सन्दर्भमा महिला उद्यशिलतामा पर्नसक्ने प्रभाव न्युनिकरणका लागि विशेष पहल आवश्यक भएको सन्दर्भमा महिलाको उद्यमशीलता र रोजगारीमा पर्ने नकारात्मक प्रभाव कम गर्न अध्ययन अनुसन्धान, रणनीति तयार पार्नुका साथै विशेष कार्यक्रम घोषणा गर्न सरकारसंग पैरवी गर्ने । सथै दिगो विकास लक्ष्य हासिल गर्न महिलाहरुलाई समेटनु पर्ने बिषयमा सम्बन्धित निकायहरुमा पहल गर्ने , लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि महासंघले सरकारसँग निरन्तर पहल पैरवी गर्ने । बजारीकरणका लागि डिजिटल प्रविधिको थप प्रयोग गर्दै स्मार्ट उद्यमी बन्न महिलाहरूलाई विभिन्न कार्यक्रमका लागि पहल गर्ने निश्कर्ष निकलिएको सभापति श्रेष्ठले जानकारी दिइन ।

 

 

महिलाहरुलाई उद्यममा उत्तेजना प्रदान गरेको छ । धेरै कुरा सिक्ने बुझने मौका पहिलो सम्मेलनले गरेको छ यसमा उद्यमी महिलाहरुको समस्या, गुनासो, चुनौतीबारे प्रत्यक्ष रुपमा बुझने र छलफल गर्ने मौका मिलेको सभापति श्रेष्ठले जानकारी दिइन ।

 

 

नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी बिकास समितीको अगुवाइमा दुई दिने सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब दुई सय जनाबढि महिला उद्यमी तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सातै प्रदेशका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी सहित प्रायोजकहरुका स्टलहरु समेत रहेको थियो ।

 

 

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष कृष्ण प्रसाद शर्माले निजी क्षेत्रमा महिलाहरुको ठूलो सहभागिता हुनु पर्छ भनि यो सम्मेलनले उत्साहित बनाएको छ । अप्रत्यक्ष रुपमा महिलाको सहभागिता अर्थतन्त्रमा देखिए पनि प्रत्यक्ष रुपमा सहभागिता हुनुपर्छ पनि जागरणकोे बोध गराएको छ । विश्वको पर्यटन क्षेत्रमा ५६ प्रतिशत महिलाहरुको सहभागिता रहेको अवगत गराउदै उनले नेपालमा धेरै सम्भावना बोकेको क्षेत्र पर्यटन हो, होटल मात्रै पर्यटन व्यवसाय नभई हस्तकला, होजियारी, कृषिलाई पनि पर्यटन र उत्पादनसँग जोड्न सकिने कुराको बृहत छलफल भएको बताए । नितिगत केही कठिनाईलाई सम्मेलनको निश्कर्षले सहजीकरण गर्दै लैजानेमा सहयोग गर्ने अध्यक्ष शर्माले बताए ।

 

 

सम्मेलनमा सहभागी महिला उद्यमीबीच भेटघाट र परिचयको माध्यमले एक अर्कामा समन्वयकारी भुमिकाबाट उत्पादन हरुको बारेमा सहजीकरण र बजारीकरणमा सहयोग हुने छ । बित्तीय व्यवस्थामा अझै पनि महिलाको पहुँच हुन नसकेकाले महिला उद्यमशिलता बढ्न नसकेको यथार्थताका वारेमा छलफल र समाधानका उपायहरुबारे छलफल गरिएको थियो । महासंघको आयोजनामा पहिलो पटक लुम्बिनी प्रदेशमा हुन गइरहेको सम्मलेन सात वटै प्रदेशमा क्रमश हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९