जब ३४० मिलियनको चिट्ठा पर्ने ब्यक्ति भाेलीपल्टै भए कंगाल

वासिंगटन डिसी । एक क्षणमा व्यक्तिले ३४० मिलियन जित्यो र अर्को क्षणमा त्यो गुम्यो भने के होला ? यति मात्र होइन, अब त्यो व्यक्तिले अदालतको चक्कर काटिरहेको छ । जसको मुद्दाको अर्को सुनुवाइ २३ फेब्रुअरीमा हुदैँछ।

यो चिट्ठा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी निवासी जोन चिक्सले जितेका थिए तर कम्पनीले वेबसाइटमा विजेता लटरी नम्बर टाइप गर्दा गल्ती भएको भन्दै पैसा दिन अस्वीकार गरे पछि उनी अदालत पुगेका हो ।चिठ्ठाको बिजेता अरु कोही भएमा रकम उसैलाई दिइने कम्पनीले जनाएको छ । कम्पनीले पैसा नदिदाँ जोन छक्क परेका छन ।

 

त्यसपछि जोन चिक्स न्यायको लागि अदालत पुगेर कम्पनीविरुद्ध मुद्दा दायर गरेको  हुन । प्रहरीलाई दिएको उजुरीमा जोनले आफूले ६ जनवरी २०२३ मा पावरबल कम्पनीको लटरी टिकट किनेको बताए । भोलिपल्ट ड्र भयो र २ दिन पछि जब उनले वेबसाइट जाँच गरे, उनलाइ ३४० मिलियन डलरको ज्याकपट थियो। उनले विजयी ड्रको स्क्रिनसट लिए।

 

उनी निकै खुसी थिए र यसै खुशीमा उनले आफ्ना साथीहरुलाई पार्टी पनि दिए । भोलिपल्ट उसले कम्पनीमा फोन गरेर चिठ्ठाको पैसा माग्न गएँ तर कम्पनीले गल्तीले तपाईको नम्बर अपलोड भएको र पुरस्कार अरु कसैले जितेको भन्दै दिन अस्वीकार गरिदियो ।

 

मिडिया रिपोर्टका अनुसार जोनले कम्पनीको अफिसमा गएर आफ्नो लटरीको टिकट अधिकारीहरुलाई देखाए तर उनले नभई अरु कसैले चिठ्ठा जितेको भन्दै अस्वीकार गरेका थिए । अधिकारीहरूले उनलाई चिठ्ठाको टिकट च्यातेर डस्टबिनमा फाल्न भने। जसबाट चिठ्ठा किनेको एजेन्टले पनि टिकट बेकार भएको बताए ।

 

अन्ततः उसले चिट्ठामा जितेको पैसा प्रत्यक्ष माध्यमबाट प्राप्त गर्न नसक्ने महसुस भयो, त्यसैले उनले कानुनी बाटो लिने निर्णयमा पुगे जोनले पावरबल कम्पनी विरुद्ध ठगी र सम्झौता उल्लङ्घन सहित ८ वटा मुद्दा दायर गरेका छन, जसको अदालतमा सुनुवाइ भइरहेको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९