कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा

काठमाडौ । कुमारी बैंकले ४ हजार ११५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना १ जना संस्थापक सेयरधनी रामकुमारी पौडेलको नाममा रहेको सेयर बिक्री खुला गरेको हो ।

 

 

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

 

 

कम्पनीको सुचनामा उल्लेख गरे अनुसार सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने छ । सो समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने पनि बैंकले जनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१