Baigyanik Media

Advertisement

Skip Ad

सरकारले मुआब्जा नदिएको भन्दै सुरु भएको आन्दोलन दोस्रो दिन पनि जारी

बारा। तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष वित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गावापत जग्गाधनीलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयले गरेको आन्दोलन शुक्रबार पनि जारी छ। सरकारले निर्धारण गरेको मुआब्जा रकम सरकारलाई पटक-पटक अनुरोध गर्दासमेत रकम पाउन नसकेका उनीहरूको कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा बिहीबारबाट आन्दोलन र रिले अनशन सुरु गरीएको थियो। सरकारको ध्यानाकर्षण गराउँदै चरणवद्धरुपमा संघर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ संघर्ष समितिले बिहीबार तामागढीमा सडक अवरुद्ध पारेका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत तामागढीबाट हुलाकी सडक प्रवेश गर्ने स्थानमा मुआब्जा नपाएका स्थानीयले यातायातमा अवरोध पुर्‍याएका हुन्। सयौंको संख्यामा रहेका स्थानीय हुलाकी सडक हुँदै मुख्य राजमार्गमा प्रवेश गर्न सक्ने देखेपछि तामागढी क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलित स्थानीयलाई पूर्वपश्चिम राजमार्ग प्रवेश गर्न रोक लगाएका थिए। सडक अवरुद्ध पारेका उनीहरूले माग पुरा नभएसम्म अनिश्चित कालिन रिले अनसन समेत सुरु गरेका छन्। करिव ६५ देखि ७० विघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुअब्जा रकम नपाएका हुन्। सबै मन्त्रालय, प्रशासन गुहार्दा पनि कसैले सुनुवाई नगरेको तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष सिम्रौनगढ नगरपालिका ६ का अनवर अन्सारीले बताए। ‘योजना सम्पन्न भएको तिन वर्ष पुग्न लागिसक्दा पनि मुआब्जा वापतको रकम नपाएपछि हामीले बाध्य भएर आन्दोलन गर्नु परेको हो, सरकारले नै निर्धारण गरेको मुआब्जा वापतको रकम माग गर्न पटकपटक विभिन्न मन्त्रालयदेखि प्रधानमन्त्रीलाई समेत जानकारी र ज्ञापनपत्र बुझएका थियौं। तर, हामी गरिबको समस्यामा सरकारले कुनै चासो नदिएका कारण हामी आन्दोलीत भएका हौँ,’ अध्यक्ष अन्सारीले भने। मन्त्रालय जाँदा आउँदा नै तीन लाख खर्च भइसकेको छ। तर, हाम्रो माग तफ कसैको ध्यान भएको नपाएपछि दवावमूलक आन्दोलनसँगै रिले अनसन सुरु गरेको बताए। २० लाख प्रतिकठ्ठा मुआब्जा दिन मुआब्जा मूल्यांकन निर्धारण समितिले दर कायम पनि गरेको थियो। मुआब्जा पाउने जग्गाधनीले सम्बद्ध निकाय धाउँदाधाउँदै तीन वर्ष बिताइसकेको तर अहिलेसम्म मुअब्जा नपाएको अर्का अगुवा रामबावु शाहले बताए।उता मुआब्जा निर्धारण समितिका पदाधिकारी ओम खड्काले मुआब्जाको लागि जिल्लामा गर्नुपर्ने सबै काम पूरा भई माथि पत्राचार गरिसकिएको बताए। सरकारले रकम निकासा नदिएर वितरण रोकिएको उनको भनाई छ। स्थानीयले मुआब्जा नपाएपछि बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले संसद पटक-पटक उक्त विषयमा आवाज उठाउँदै आएका छन्। मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संसदमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत तामागढी–सिम्रौनगढ हुलाकी सडकको मुआब्जाको विषयमा ध्यानाकर्षण गराएका थिए।प्रतिनिधिसभा सदस्य मैनालीले भने पीडित जग्गाधनीलाई मुअब्जा बापतको रकम उपलब्ध गराउने प्रक्रिया सुरु भएको बताए। उनले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि सरोकारवाला निकायसँग कुरा भइरहेको बताए। गत असोज २ मा अर्थ मन्त्रालयले पहिलो चरणमा १५ करोडको व्यवस्था मिलाई मुआब्जा वितरण गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयलाई पत्र लेखे पनि बजेट नभएको भन्दै फर्काउने गरेको उनीहरूको भनाई छ। अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई विनियोजित बजेटबाटै १५ करोड रुपैयाँ उपलब्ध गराउन भने पनि वास्ता नगरेको  र स्थानीय जग्गाधनीले प्रतिकठ्ठा २० लाखको दरले हुन आउने १ करोड ५२ लाख रुपैयाँका दरले सम्बन्धित जग्गाधनिलाई उपलब्द गराउनु पर्ने उनीहरूको माग रहेको छ।संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बाँयाबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो। ३९.७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सिमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्वपूर्ण सडक हो। साविकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

किसानलाई धान काट्ने चटारो

दाङ। लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९