हंगेरीको संसदद्दारा स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला

स्टकहोम । हंगेरीको संसदले स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला गरेको छ । हंगेरीका सांसदहरूले लामो समयदेखि ढिलाइ भएको मतदानमा नेटोमा सामेल हुन स्वीडेनको प्रस्तावलाई अनुमोदन गरेका छन् ।

 

जुन प्रस्ताव पारित भएसँगै नोर्डिक राष्ट्रको सदस्यताको लागि स्विडेनलाइ मार्ग प्रशस्त गरेको छ। रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि स्वीडेनले २०२२ मा सामेल हुन आवेदन दिएको थियो । तर, हंगेरीले उसको प्रस्ताव शत्रुतापूर्ण भएको आरोप लगाउँदै आएको थियो।

 

तर, गत हप्ता हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले भने कि तिनीहरू अब एक अर्काको लागि मर्न तयार छन्। सबै नेटो सदस्यहरूले आक्रमणमा परेको सहयोगीलाई सहयोग गर्ने अपेक्षा गरिएको छ। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले आजको दिन ऐतिहासिक दिन भएको र स्वीडेन युरो– एट्लान्टिक सुरक्षाको जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन्। ओर्बान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध भएका राष्ट्रवादी राजनीतिज्ञ हुन्। उनले युक्रेनलाई सैन्य सहायता पठाउने ईयूको प्रयासलाई बारम्बार अवरुद्ध गर्दै आएका छन्।

 

स्वीडेन इयु देशहरू मध्ये एक हो, जसले हंगेरीलाई इयुको लोकतान्त्रिक सिद्धान्तहरूमा पछाडि हटेको आरोप लगाएका थिए । फलस्वरूप र्बानका प्रवक्ता जोल्टन कोभाक्सले स्वीडेनका अधिकारीहरूलाई नैतिक श्रेष्ठताको टुक्राटुक्रा सिंहासनमा बसेको आरोप लगाए।

 

तर, गत हप्ता ओर्बानले आफ्नो स्विडेनी समकक्षी उल्फ क्रिस्टर्सनलाई होस्ट गरेका थिए भने स्वीडेनको सदस्यताको लागि आफ्नो समर्थन घोषणा गरेका थिए, परिणाम आज संसदवाट अनुमोदन गराएका छन । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले हंगेरीको संसदको निर्णयले गठबन्धनलाई बलियो र सुरक्षित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएका छन ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९