‘अन्तिम पटक’ भन्दै दुई पटक सार्वजनिक सूचना जारी, सूचनाबाट हटाईयो ठूलो उद्योग

हेटौंडा। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा जग्गा लिजमा लिएर पूर्वाधार निर्माण नगरी बसेका, महशुल नतिरी बक्यौता बढेका र लामो समयदेखि बन्द रहेका उद्योगहरूको सम्झौता रद्द गर्ने भनी ‘अन्तिम पटक’ भन्दै दुई पटक सार्वजनिक सूचना जारी गर्यो।

 

पहिलो सूचनामा १५ वटा उद्योग सूचीकृत गरी अन्तिम पटक भनिए पनि दोस्रो सूचनामा एउटा ठूलो उद्योगलाई हटाइएको छ। क्षेत्र व्यवस्थापक भोजराज विनाडीका अनुसार उक्त उद्योगलाई थप समय दिएर काम गर्न लगाउने प्रयास भइरहेको छ। तर, अन्य उद्योगीहरूको भनाइमा आफूहरूलाई एकतर्फी रूपमा कारबाही गरिएको छ। उनीहरूले कोरोना महामारीका कारण काममा ढिलाइ भए पनि हाल काम सक्ने अवस्थामा रहेको दाबी गरेका छन्।

यस्तै, अरू धेरै उद्योगले पनि जग्गा लिजमा लिएर केही निर्माण नगरी बसेको अवस्थामा कारबाही नगरिएको उद्योगीहरूको गुनासो छ। पहिलो २०७९ असोज २ गते प्रकाशित सूचनामा भनिएको थियो,  उद्योग  संघसँग भएको सम्झाैताको शर्त नं. १ को खण्ड (घ), शर्त नं.३ को खण्ड (ख), (च) र शर्त नं १२ र १३ बमोजिम सम्झौता भएको मितिले ६ महिना भित्रमा आवश्यक पर्ने भौतिक संरचना निर्माण कार्य शुरू गरी २ वर्ष भित्रमा उद्योग संचालनमा नल्याउने, लामाे समयदेखि बन्द रहेका उद्योग पुनः संचालन नगर्ने, बहाल महशुल नबुझाउने उद्योगहरुको सम्झौता रद्ध गर्ने सम्बन्धी सार्वजनिक सूचना राष्ट्रिय दैनिक पत्रिकामा अन्तिम पटक प्रकाशित गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय, बालाजु, काठमाडौको प.स. ०७३/०८० च.न २१९ मिति २०७९।५/१९ को पत्रानुसार प्राप्त निर्देशन बमोजिम जग्गा सम्झौता रद्ध गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।”

 

सूचनामा ३ वर्गका १५ वटा उद्योगको सुची प्रकाशित गरिएको थियो । सम्झौता गरी कुनै पनि कार्य नगरेको उद्योगमा: औद्योगिक क्षेत्रको १०.०३ रोपनी क्षेत्रफलको सनराईज कन्टेनर्स, ७.३३ रोपनी क्षेत्रफलको नाथ फुड्स ई, ६.३८ रोपनी क्षेत्रफलको लक्ष्मी पेन्ट्स, ६ रोपनी क्षेत्रफलको बिवाईएस हेटौँडा र १९ रोपनी क्षेत्रफलको नेबिको गरी बिस्कुट ५ वटा उद्योग रहेका थिए ।

 

निर्माण कार्य गरेको तर सञ्चालन नगरेको उद्योगमा: २३.६२ रोपनी क्षेत्रफलको बाँनिया मल्टी प्रोडक्ट, ३ रोपनी क्षेत्रफलको दामू चन्द्र माला काष्ठ उद्योग, ८ रोपनी क्षेत्रफलको ग्रिन गोल्ड इन्टरनेसनल, ५.४६८ रोपनी क्षेत्रफलको थ्री स्टार ग्रुप ई, ९.७५ रोपनी क्षेत्रफलको अविनास एग्स र ३२.०२ रोपनी क्षेत्रफलको सी. एभरेष्ट एण्ड कईफु नेपाल गरी ६ वटा र बन्द भई पुनः संचालन नगरेको ६९.७३ रोपनी क्षेत्रफलको नेपाल वनस्पति घ्यू उद्योग, १८.२१ रोपनी क्षेत्रफलको इन्टरनेसनल उड सिजनिङग्, ४.०४ रोपनी क्षेत्रफलको चुरीमाई काष्ठ कला उद्योग र ६.८० रोपनी क्षेत्रफलको हिमालयन पोलिमर्श गरी ४ उद्योगको नाम सार्वजनिक गरिएको थियो । तर, उक्त अन्तिम पटक भनिएको सूचना फेरी २०८० साल मङ्सिर २२ गते ४ उद्योग क्षेत्र भित्रका देहाय बमोजिमका उद्योगहरू रद्द गरिएको भन्दै सम्झौता गरी कुनै पनि कार्य नगरेको भन्दै ५ उद्योग मध्य ४ उद्योगको सम्झौता रद्द गर्‍यो ।
उक्त सूचनामा भनिएको छ, “उद्योगसँग भएको सम्भवैताको शर्त नं. १ को खण्ड (घ), शर्त नं.३ को खण्ड (ख), (च) र शर्त नं १२ र १३ बमोजिम सम्झौता भएको मितिले छ महिना भित्रमा आवश्यक पर्ने भौतिक संरचना निर्माण कार्य शुरु गरी २ बर्ष भित्रमा उद्योग संचालनमा नल्याउने उद्योगहरुको सम्भबैता रद्ध गर्ने सम्बन्धी सार्वजनिक सूचना मिति २०७९१६।२ को अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक पत्रिकामा अन्तिम पटक प्रकाशित गर्दा तपसिल इसोजिमका उद्योगहरूले सो सूचना अनुसार गरेको प्रतिबद्धतामा उल्लेखित समयावधि पछि पनि उद्योग संचालन गर्ने स्याउने सम्बन्धमा उद्योगको तर्फबाट पेस भएको कागजातबाट कुनै ठोस प्रगति भएको नपाईएको हुँदा यस कार्यालयसंग भएको सम्झौताको शर्त नं.३ को (च) बमोजिम “हम्मर्पहा भएको मितिले ६ महिना भित्रमा आवश्यक पर्ने भौतिक संरचना निर्माण कार्य शुरु गरी २ वर्ष भित्रमा उद्योग संजालमा स्थाई सज्यु पर्ने, संचालन गर्न नसकेमा दुवै पक्षबिच भएको सम्झौता स्वतः रद हुन्छ भन्ने व्यवस्थाअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै सम्बन्धित उद्योगको केहि सम्पत्ति भएमा १५ (पन्ध्र) दिन भित्र कार्यालयलाई जानकारी गराई आफै उठाई जानु पर्नेछ। सो नगरेमा प्रचलित करार कानुन बमोजिम हुने व्यहोरा समेत सूचित गरिन्छ ।”

 

रद्द हुने उद्योगमा: सनराईज कन्तेनर्स, नाथ फुड्स ई, लक्ष्मी पेन्ट्स र बि.वाई.एस हेटौँडा रहेको छ भने एकाएक सबै भन्दा धेरै क्षेत्रफ़ल् ओगतेको नेबिको उद्योगलाई हटाईएको छ । यस बारे व्यवस्थापक विनाडीले नेबिकोले कार्य गर्छौ भनेपछी तिन महिनामा कार्य मूल्यांकन गर्ने गरी उक्त सूचना निकाल्नु पुर्व सम्झौता गरिएको बताए । कोहीलाई काखा र कोहीलाई पाखा गरेको अन्य उद्योगहरुको आरोप छ । खारेज हुने उद्योगहरूले पनि आफूहरूले स्पष्टीकरण दिएको बताएका छन् । सम्झौता लगतै काम सुरु गरे पनि कोभिडको महामारीले हुनुपर्ने काम पुरा नभएको बताएका छन् । खारेज रद्द भएको एक उद्योगका सञ्चालकले भने “आफूहरूले पनि काम गर्ने नै भनेर लगानी गरेको बताउँदै कारबाहीमा परेको सूचना आएपछी अदालत पुगेका हौ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।...

सहकारीद्वारा मकैको पीठो बजारीकरण

गुल्मी, यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो । बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका...

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरी बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गर्नु भएको छ ।राष्ट्रपति सीले यस वर्षको सुरुदेखि नै चीन र रूसले उच्च–स्तर र उच्च–गुणस्तरको विकास लक्ष्यहरूको साथ शान्तिको लागि बाह्य...

बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

चितवन, सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन्...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९