शिखर इन्स्योरेन्सको ९ चैतमा साधारणसभा

काठमाडौ । शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबना नै वार्षिक साधारण सभा चैतमा बस्ने भएको छ । सभा चैत ९ गते शिखर इन्स्योरेन्सको बिहान ११ बजे केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा सुरु हुनेछ ।यसले यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको हो । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ ।

 

 

फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन ।सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१