आयोगले दुवै हात र खुट्टा बाँधेर पौडी खेल्न भनेर समुन्द्रमा छोडेको छ : अध्यक्ष उपाध्याय

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ । भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो । औपचारिक रुपमा जग्गाको नापी र अभिलेखीकरण कार्य सुरु भएपछि लालपुर्जा पाइने आशामा यहाँका स्थानीय उत्साहित छन् ।

 

आइतबार मोहन्याल गाउँपालिकाको वडा नम्बर १ बाट ऐलानी जग्गा नापजाँच सुरु गरिएको वडाले जनाएको छ । भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँचको काम सुरु गरिएको वडाध्यक्ष प्रेमबहादुर बुढाले बताए । मोहन्याल गाउँपालिकाले राष्ट्रिय भूमि आयोग र नापी कार्यालयसँगको समन्वयमा जग्गा नापजाँच गरिरहेको उनले जानकारी दिए ।

उनले वडाका केही मानिसले अनेकन तथ्य र आधारहीन कुराहरुमा फैलाएर भ्रम सिर्जना गरिरहेकाले यसतर्फ सबै सचेत बन्न जरुरी रहेको बताए । वडामा भइरहेका विकास निर्माणका गतिविधिमा सबै नागरिकको हित र विकासमा केन्द्रित भएर आफूले काम गरिरहेको उनको भनाइ थियो । उनले खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, बाटोघाटोको पहुँच पुर्याउन स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिबीच आपसी समन्वय हुन जरुरी रहेको बताए ।

नापजाँचको उद्घाटन गर्दै राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले क्रमशः सबै वडामा नापजाँच प्रक्रिया अघि बढाइने बताए । उनले यसअघि कैलालीका १३ मध्ये १० वटा पालिकामा ऐलानी जमिन नापजाँचको काम सकिएको बताए । ‘अब गाउँपालिकाका ७ वटै वडामा क्रमिक रुपमा काम अघि बढाउँछौँ,’ उनले भने । जग्गा नापजाँच पश्चात् नक्सा प्रमाणीकरण गरेर जग्गाधनी पुर्जा दिन प्रक्रिया अगाडि बढाइने छ ।

 

उनले सो पालिकामा नयाँ मात्रै नभइ यसअघि २०३६ सालमा नापजाँच भएको, व्यक्तिसँग पूर्जा र स्रेस्ता भएपनि नक्सा नभएकाले कित्ताकाट हुन नसके समस्यालाई समाधान गरिएको बताए । गत भदौ महिनामा मोहन्यालको साविकका सुगखाल गाविसका वडा नम्बर ६ र ७ का जग्गाको नक्सा प्रमाणित गरेर टीकापुर मालपोत कार्यालयलाई हस्तान्तरण गरेको उनले बताए ।

 

जग्गा वितरणमा राष्ट्रिय भूमि आयोगलाई थुप्रै चुनौती रहेकोले सीमित साधन र स्रोतका बीचमा काम गर्नु परेको उनले बताए । ‘सरकारले आयोग गठन गरेको छ तर, हात र खुट्टा दुवै बाँधेको छ । पौडी खेल भनेर समुन्द्रमा छोडेको छ । यो समुन्द्र हो,’ उनले भने । डेढ लाख मानिसहरुको व्यवस्थापन गर्न त्यति सहज नभएको र चुनौतीका बीच सबैको सहयोग भएमा काम गर्न सहज हुने उनको भनाइ छ ।

 

उनले वर्षाैंदेखिको समस्या समाधान गर्न आयोग खडा भएको उल्लेख गर्दै जनप्रतिनिधिहरुका लागि यो अवसर भएको पनि बताए । सो कार्यक्रममा मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँदले यसअघि जग्गाको निस्सा वितरण भइसकेकाले सोही अनुसार ऐलानी जग्गा नापजाँचको काम अगाडि बढेसँगै गाउँपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी जमिनका मालिक बन्ने बताए ।

 

राष्ट्रिय भूमि आयोग कैलालीसँग पटक–पटक समन्वय गरि नापजाँचको प्रक्रिया अघि बढाइएको बताउँदै उपाध्यक्ष साउँदले स्थानीय तहको निर्वाचनमा आफूले जनताका बीचमा राखेका प्रतिबद्धता पूरा गर्नतर्फ अग्रसर रहेको बताए । राष्ट्रिय भूमि आयोग कैलालीका सदस्य एवं विषय विज्ञ केशव जोशीले जतिसक्दो नापी टोलीलाई सहयोग र सहजीकरण हुन्छ त्यति नै छिटोछरितो नापजाँचको काम हुने भएकाले सहयोग गर्न आग्रह गरे ।

 

उनले अबपनि जनताका हातमा जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन नसकिए राष्ट्रिय भूमि आयोगको औचित्य नै सकिने बताए । यसअघि पटक–पटक जनतालाई जग्गाको फाराम भर्न लगाउने र जग्गाधनी प्रमाण पूर्जा दिन नसकिएकाले जनताले दुःख र सास्ती खेप्नु परेको स्मरण गराउँदै उनले राष्ट्रिय भूमि आयोग भूमि व्यवस्थापनको काम अघि बढाएकाले सबैलाई ढुक्क रहन आग्रह गरे ।

 

ऐलानी जग्गा नापजाँचको कार्य अघि बढेसँगै मोहन्याल गाउँपालिकामा झण्डै २ हजार ८ सय परिवारको तथ्यांक संकलन भएकाले जमिनको मालिक बन्नेछन् । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष जयप्रकाश मल्ल, ३ का वडाध्यक्ष नन्दराम गिरी (नवीन), निमित्त प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बराल लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९