Baigyanik Media

Advertisement

Skip Ad

दिदीबहिनीको माया हो फिल्म ‘उपहार’

काठमाडौं ।  अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ। कुनै न कुनै उपाय अनिवार्य छ। सहरमा रहर छन्, महल छन्। सहरमा घर नजिक नजिक छन्, गाउँमा घर टाढा छन्। तर, माया गाढा छ।रेखा थापा बसेको अपार्टमेन्ट आाइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा। अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक गल्तीमा साथ दिन्छिन्। पूजा छविलाई पैसा थुत्ने मनसायमा हुन्छिन्। छवि ‘प्ले ब्वाई’ कथामा छन्। छवि जति पनि खर्च गर्न तयार। यो समाज यस्तै छ, यौन जीवन आफूले गर्दा ठिक अरूले गर्दा बेठिक, औंला तेर्सिन्छ।फिल्ममा गरिबी जीवनबाट हुर्किएकी पूजा शर्माले आफ्नो बाध्यता रहेको र कसैसँग हिँड्दैमा मस्किँदैमा ज्यान नसुम्पिएको दर्शाएकी छिन्। भन्नुको मतलव पुरुषहरू अर्काको कमजोरी र गरिबीमा खेल्न चाहन्छन्।

 

 

 

अपार्टमेन्टमा रेखा थापा, बेनिशा, पूजालगायत बस्छन्, त्यहाँ बिलासिताको मस्ती देखाइएको छ। मस्तीपछिको तनावहरू पनि उत्तिकै। हरदम रेखाले त्यहाँ आउने समस्यालाई आफ्नै समस्या ठानेर बहिनीहरूलाई संरक्षण गर्छिन्, सिकाउँछिन्। माया गर्छिन्। मुना पात्रकी रेखाले लक्ष्मीप्रसाद देबकोटाको कविताको भन्दा अझ यथार्थपरक भूमिका निभाएकी छिन् भन्दा फरक पर्दैन।तर, निर्देशक ज्ञानेन्द्र देउजाले फरकपन दिएका छन्। मदन ल्हासाबाट फर्किँदा मुना मरिसकेकी हुन्छिन्, तर त्यहाँ मदन विदेशबाट घर अपाङ्ग भएर फर्किँदा मुनाले हेरविचार गर्दा मरेको कथा देखाइको छ। यो चलचित्र टिमको खुबी हो, कथा आफैं बनाउने हो। नत्र मुना-मदनको कथा चोरीको आरोप लाग्न सक्थ्यो।काठमाडौंमा बाटो-बाटोमा चिया बेच्दै गरेकी रेखासँग मदनको भेट हुन्छ, मदन अर्थात् मुकन। चिया खाँदै गरेका मुकुनको विस्तारै-विस्तारै रेखासँग चियारंग भन्दा गाढा माया हुन्छ। ट्याक्सी चालक मदनले रेखालाई चिया हाउस खोल्न सुझाव दिन्छन्। त्यो सपना पूरा गर्न विदेश जाने, कमाउने सपना देखाउँछन् मदनले। चियाभन्दा गाढा माया छ भन्दै गर्दा गुन्डाहरूको उपस्थिति रहन्छ।

 

 

उनीहरू भन्छन्, चिया पसल नि हामी समाल्छौं, तिम्रो मुना पनि।त्यहाँ झगडा हुन्छ। रेखा छ महिनाकी गर्भवती हुँदा पनि उनको एक्सन फाइट हेर्न लायकको छ। चलचित्र उपहार दिएकी रेखाको जोखिमलाई जति तारिफ गरे पनि साध्य छैन। त्यहाँ मदनको गाडी जलाइन्छ, गुन्डाहरूबाट। मदन रुन्छन् – मैले किस्तामा निकालेको गाडी, कसरी अब किस्ता तिर्ने?रेखा भन्छिन्- हारेको छैनौं, मरेको छैनौं, म छु नि।मदन विदेश जान्छन्, रेखाले लक्ष्मण रेखा तोड्दिनन्। पूजा, बेनिशाको मोजमस्ती लफडा त छँदैछ। सडकमा चिया पसल खोलेकी मुना (रेखा) भव्य महलमा चिया पसल खोल्छिन्। व्यापार पनि राम्रो चल्छ। अरूको लफडा समस्या मिलाँउदै फिल्म चलिरहकै हुन्छ। मुकुन अर्थात् मदन रेखाको श्रीमान् सात वर्षपछि नेपाल फर्किने कुरा आउँछ।लामो समयपछि आफ्नो श्रीमान् विदेशबाट फर्किँदा कसलाई खुसी मिल्दैन र? एयरपोर्टमा श्रीमानको प्रतिक्षामा रहेकी रेखा छाँगाबाट खस्छिन्। जब मदन अपाङ्गता भएर स्वदेश फर्किन्छन्।

 

 

 

उनको उपचारको लागि हरसम्म प्रयास गर्छिन्, बिहे त भएको छैन किड्नी ट्रान्सप्लान्टको लागि आधिकारिताको लागि बिहे पनि गर्छिन्।रेखाको माया छ साकार भयो। तर कालो बादल छाँउछ, उनको भव्य चिया पसलमा। जब महानगरको डोजर चल्छ।रेखाले थ्री इडियट फिल्ममा अमिर खानले साथीलाई बचाए शैलीमा बचाएकी हुन्छिन् मदनलाई। निको हुँदै गर्दा बिहे गर्ने तयारी हुन्छ मुना-मदनको। पोसाक पनि तयार, रेखा मुकुन पनि तयार। चिया पसल देखेर मख्ख परेका मुकुनलाई के थाहा, रेखाले ऋणपान आफूले चढेको स्कुटी बेचेर कर्मचारीलाई तलब दिन हम्मे परेर आफ्नो उपचार गरेको।बिहेकै दिन मुनाको चिया पसलमा महानगरको डोजर चल्छ। घर धनीले नक्सा पास नगरी नियम मिचेर जग्गा हडपेर महल बनाएको भनेर। रेखा प्रतिकारमा उत्रिन्छिन्, तर उनको बल खेर जान्छ।महानगर भन्छ- नियमविपरीत यस्तो गर्न पाइँदैन।रेखाको के गल्ती घरधनीलाई घोक्रेठ्याक लगाइन्छ। बैंकबाट कालोसूचीको सूचना, त्यो लफडा टिभीमा देखाइको छ। जो मुकुनले हेरिरहेका हुन्छन्।त्यो अस्पष्ट पीडा देखेर उनी आत्महत्या गर्छन्।

 

 

 

बिहेको लागि , आफ्नो ज्यान-मुटु दिन तयार रेखाले शौचालयमा मदनलाई मृत देख्दा पागल हुन्छिन्। मदनको मृत्यु चिया पसलको बोझ, ऋणले बौलाएकी रेखालाई पुराना दिनमा फर्कन निक्कै सकस छ। चिया पसलसँगै रेखाको मन पनि भत्किन्छ, लयमा फर्किएकी छैनन् उनी।साँच्चै दिदी-बहिनीहरूको फिल्म हो उपहार।  बेनिशा वकिल हुन्, पूजाको चलचित्र क्यारेक्टरमाथि नै उल्लेख छ। छविले मोजमस्तीका नाममा तथानाम हवी बनाएका, अपार्टमेन्ट मोजमस्ती र हर्कतले निकालिएका पूजा-बेनिशा अन्तिममा रेखाकै आडभरोसा बन्छन्।छविले मोजमस्तीको नाममा उडाएर श्रीमतीलाई डुबाउन्। त्यो चियापसल घर संयोगवश छविकै श्रीमतीको नाममा आउँछ। छविको हर्कत थाहा पाएकी उनले रेखाको लागि सार्थकता देखाउँछिन्। श्रीमानको वियोगमा डुबेकी रेखालाई दिदीले देखाएको माया, सम्मान, संरक्षण सम्झिएर जिउने हौसला दिन्छिन्। छविको कृष्ण चरित्रबाट आजित श्रीमतीले त्यो घर सम्पत्ति रेखाकै नाममा पास गर्दिन्छिन्।

 

 

 

वास्तवमा फिल्म एकदमै राम्रो छ। खोट देखाउने जिम्मा चलचित्र हेरेपछि। वास्तविकतामा साँच्चै सडकबाट सदनसम्मको आवाज बोलेको छ उपहारले। स्वदेशमै केही गर्न सकिन्छ भन्छ उपहारले। हौसला बोकेको छ, उपहारले। साँच्चै अनेकन बाधा, समस्या, उल्झन हुँदा पनि दिदी-बहिनीको माया केहो देखाएको छ उपहारले।चलचित्रको बजारमा सफलताको खडेरी परिरहेको अवस्थामा तुलनात्मक रुपमा राम्रो चलचित्र ‘उपहार’ बनेको दर्शकलाई आभास हुन्छ। व्यावसायिक चलचित्रहरूमा लामो समयसम्म टिकिरहन सफल अभिनेत्री रेखा थापाको यो चलचित्र झण्डै कमेडीशैलीमा निर्माण गरिएको हलमा पुगेपछि दर्शकले पत्तो पाउँछन्।

 

 

चलचित्रले मध्यान्तरअघि भरपुर मनोरञ्जन दिन्छ। अभिनेत्रीहरू रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फरक-फरक चरित्रमार्फत् नोकझोंक र झगडा चलचित्रलाई मनोरञ्जनात्मक बनाएको छ। चलचित्रमा उनीहरूको हर्कत हेर्नलायक छ। हलमा पुगेका दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको उपहार कस्तो छ, हेर्न आवश्यक छ।चलचित्रमा अञ्जु पन्त, एलिना चौहान,समिक्षा अधिकारीजस्ता नाम चलेका कलाकारले मीठो स्वर दिएका छन्। अर्जुन पोखरेल र बाबुल गिरीले मीठो धुन भरेका छन्। चलचित्रमा ‘वा वा वा’, ‘कहिले बार बिर्सन्छु’ जस्ता गीतले चलचित्रलाई जीवन्त बनाउन सहयोग गरेको छ।कविराज गहतराजको कोरियोग्राफीमा खोट लगाउने ठाउँ छैन। मित्रदेव गुरुङको चलचित्रको सम्पादन कला औसत छ। चलचित्रमा विष्णु घिमिरे कल्पितको सिनेमेट्रोग्राफी राम्रो छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

काठमाडौँ,  नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार...

पाँच दशकपछि भारत फर्किनु भयो शीर्ष नागा विद्रोही नेता मुइवाह

करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित...

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । विज्ञप्तिमा अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव

विराटनगर, विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिनुभयो । दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाउनुभयो, तर पनि असर गरेन...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९