३० बर्षपछि भाेलीवाट कुम्भ राशिमा शनी उदय हुदैँ, ६ राशिलाई फाईदै फाईदा (जान्नुहाेस्)

विसं २०८० साल चैत्र ४ गते सोमबार ३० बर्षपछि पुन: कुम्भ राशिमा शनि उदय हुदैँछ । काठमाडौको समय अनुसार सोमबार विहान ४: ४८ बजे शनि ग्रहको उदय हुदैछ । शनिको उदयले विभिन्न राशिहरूमा विभिन्न परिवर्तन र प्रभाव ल्याउन सक्छ।

 

हिन्दू पञ्चाङ्ग अनुसार २०८० माघ २८ गते मा कुम्भ राशिमा अस्त भएको थियो। ज्योतिष शास्त्रका अनुसार शनि मकल र कुम्भ राशिका स्वामी हुन, जो हाल आफ्नै राशि कुम्भमा अस्त छन्। ज्योतिष ग्रन्थका अनुसार कुनै ग्रह आफ्नो राशिमा हुँदा त्यो अधिक आरामदायी हुन्छ र यसको साथमा शक्ति पनि बढ्छ ।

 

मेष, सिंह, कन्या, तुला, धनु, मकर,कुम्भ, मिन लाई अन्य राशिभन्दा सकारात्मक प्रभाव रहनेछ भने समग्रमा सबै राशिलाई शनिको प्रभाव रहनेछ । ग्रहको स्थानबल, दिग्बल, कालबल, नैसर्गिकबल, चेष्टाबल र दृग्बल आदिको प्रभावले प्रत्यक्ष तथा अप्रत्यक्ष सबै राशिलाई त्यसको प्रभाव पर्न सक्छ । प्रभावको पुर्ण विश्लेषणको लागि भने जन्मकुण्डलि नै अध्ययन गर्नुपर्ने हुन्छ।

 

मेष राशिलाई शनि ग्रह उदयको प्रभावः  मेष राशिका व्यक्तिहरूलाई शनि कुम्भ राशिमा उदाउँदा लाभ हुनेछ। यस अवधिमा तपाईंले समस्याबाट मुक्ति पाउनुहुनेछ। साथै, तपाईका विरोधीहरू अब पराजित हुनेछन्। व्यावसायिक जीवनमा पनि सफलता मिल्नेछ । यस अवधिमा तपाईले कडा परिश्रम गर्नुपर्नेछ। तपाईको आर्थिक स्थितिमा सुधारको सम्भावना छ। तर, यस समयमा तपाईंले आफ्नो वैवाहिक जीवनमा केही ध्यान दिन आवश्यक छ।  यस अवधिमा भाग्यमा वृद्धि र अशुभ हट्न सक्छ। महत्त्वपूर्ण वित्तीय लाभ र सफलता मिल्न सक्छ।

 

वृष राशिलाई शनि ग्रह उदयको प्रभावः तपाईको प्रतिष्ठा पनि बढ्नेछ। परिश्रमको शुभ फल मिल्नेछ । व्यवसायीका लागि दिन फलदायी रहनेछ। व्यापारमा केही नयाँ अवसर प्राप्त हुनसक्छ । यस अवधिमा तपाईले जति मिहिनेत गर्नुभयो, त्यसको पूरा फल प्राप्त हुनेछ। व्यवसायीहरूले आफ्नो काममा धेरै नयाँ अवसरहरू प्राप्त गर्न सक्छन्।

 

मिथुन राशिलाई शनि ग्रह उदयको प्रभावः मिथुन राशिका व्यक्तिहरुलाई केहि शुभाशुभ हुने सम्भावना छ । साथै, लामो समयदेखि रोकिएका धेरै कामहरू अब पूरा हुन सक्छन्। भाग्यको पूर्ण सहयोग मिल्नेछ । परिवारको स्वास्थ्यमा अलि ध्यान दिनु पर्ने देखिन्छ ।  स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ। पारिवारिक स्वास्थ्यप्रति लापरवाही गर्नु तपाईंको लागि हानिकारक हुन सक्छ।

 

कर्कटलाई शनि ग्रह उदयको प्रभावः शनिको उदयका कारण कर्कट राशिका मानिसहरुको जीवनमा केहि सकारात्मकता रहनेछ । तपाईमा शनिको प्रभाव पनि छ, त्यसैले तपाईले यो अवधिमा स्वास्थ्य धेरै समस्याको सामना गर्नु पर्नेछ। यद्यपि, तपाईंले भविष्यको लागि बनाइरहनुभएको योजनाहरूमा सफलता पाउन सक्नुहुन्छ। निरन्तर कर्म गर्नुहोला

 

सिंह राशिलाई शनि ग्रह उदयको प्रभावः सिंह राशिका व्यक्तिहरूलाई व्यापारमा उन्नति मिल्नेछ। धेरै नयाँ कार्यमा सफलता पनि मिल्नेछ। यस अवधिमा व्यवसायसँग सम्बन्धित यात्रामा जानु भयो भने प्रगति हुन सक्छ। यदि तपाइँ तपाइँको जीवनसाथीसँग सम्बन्धित कुनै समस्याको सामना गर्दै हुनुहुन्छ भने समाधान हुनसक्छ  यद्यपि यो समयमा तपाईंले आफ्ना शत्रुहरूसँग अलि सावधान रहनु आवश्यक छ। आफ्नो भाग्यमा वृद्धिको अनुभव गर्नुका साथै आफूले सामना गर्नु परेका कुनै पनि अवरोध वा चुनौतीहरूलाई पार गर्नुहुनेछ। यस अवधिले उनीहरूका लागि उत्कृष्टता र लक्ष्यहरू प्राप्त गर्ने अवसरहरू ल्याउन सक्छ।

 

कन्या राशिलाई शनि ग्रह उदयको प्रभावः कुम्भ राशिमा शनिको उदयका कारण कन्या राशिका व्यक्तिहरूले स्वास्थ्यसम्बन्धी काममा सफलता मिल्नेछ। यदि तपाई लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्याहरूको सामना गर्दै हुनुहुन्छ । कुनै कानुनी विवाद चलिरहेको छ भने सफलता मिल्ने सम्भावना छ । जागिर खानेहरूका लागि स्थिति सुखद रहनेछ। कडा परिश्रम गरेर करियरमा सफलता हात पार्न सकिनेछ । यस अवधिमा तपाईं लामो यात्रामा जान सक्नुहुन्छ। आफ्नो जीवनका विभिन्न पक्षहरूमा वृद्धि र प्रगतिको अवसरहरूको साथ एक समृद्ध वर्षको आनन्द हुनसक्छ।

 

तुला राशिलाई शनि ग्रह उदयको प्रभावः शनिको सबैभन्दा मनपर्ने राशि तुला राशि हो। तुला राशिमा शनि ग्रहलाई उच्च मानिन्छ। तुला राशिका व्यक्तिहरूलाई शनि उदयले ठूलो लाभ प्रदान गर्न सक्छ। शनि अस्ताउँदा तपाईले काममा बाधा अड्चन, इज्जतको अभाव र कार्यालयमा निरन्तर चुनौतिको सामना गरिरहनु भएकोमा तपाईलाई राहत दिने देखिन्छ। सन्तान प्राप्तिको सुख मिल्न सक्छ । अधुरो रहर अब पुरा हुन सक्छ।  आर्थिक स्थितिमा सुधार पनि देख्नुहुनेछ।  आर्थिक लाभ हुनसक्छ।

 

वृश्चिक राशिलाई शनि ग्रह उदयको प्रभावः वृश्चिक राशिका व्यक्तिले आमा वा परिवारको स्वास्थ्यमा बढी ध्यान दिनु पर्ने देखिन्छ ।  सम्पत्तिमा केही लाभ पनि हुन सक्छ । तर, काम गर्नेहरुका लागि समय अलि अप्ठेरो सावित रहनेछ । तपाईलाई आफ्नो काममा थप कडा परिश्रम र सतर्कता चाहिन्छ।  दाजुभाइ र दिदीबहिनीबीच कुनै विषयमा विवाद भएमा अब अन्त्य हुनसक्छ ।

 

धनु राशिलाई शनि ग्रह उदयको प्रभावः धनु राशिका लागि फलदायी रहनेछ। यस अवधिमा यात्राबाट लाभ मिल्नेछ। यात्राको अवसर पनि मिल्नेछ । तपाईंले आफ्नो कडा परिश्रममा पनि ध्यान दिन आवश्यक छ। यस अवधिमा तपाईको आर्थिक अवस्था ध राम्रो हुनेछ। लामो समयदेखि बढ्दै गएको खर्च धेरै हदसम्म कम हुनेछ।

 

मकर राशिलाई शनि ग्रह उदयको प्रभावः शनिको अधिनमा रहेको मकर राशिले शनि उदयको समयमा विशेष अनुकूल प्रभाव अनुभव गर्न सक्छ। तिनीहरूले आफ्नो वित्तीय स्थिरता र क्यारियर सम्भावनाहरूमा उल्लेखनीय वृद्धि गर्दै वर्षभरि पर्याप्त आम्दानी हुनसक्छ। परिवारमा कुनै विवाद चलिरहेको छ भने राहत मिल्नेछ। तपाईले आफ्नो कार्यस्थलमा उच्च पद पनि पाउन सक्नुहुन्छ। यस अवधिमा तपाईले कुनै पनि सम्पत्ति खरिद गर्न सक्नुहुन्छ।

 

कुम्भ राशिलाई शनि ग्रह उदयको प्रभावः ३० वर्षपछि कुम्भ राशीमा शनि ग्रह उदय हुदैछ । यस समयमा, तपाईंले आफ्नो व्यक्तित्वमा ध्यान दिनुपर्छ।  हरेक काम मिहनतका साथ राम्रोसँग गर्न सफल हुनुहुनेछ। तपाईंको लागि समय धेरै रछ त्यसैले तपाईं आफ्नो दैनिक दिनचर्या यहाँ पुन: सुरु गर्न सक्नुहुन्छ। दाम्पत्य सम्बन्धमा सुधार देख्नुहुनेछ। उचित कर्मको आधारमा सफलता मिल्नेछ । जीवनका विभिन्न पक्षमा उन्नति र सौभाग्य प्राप्त हुनेछ। यो अवधिले उनीहरूलाई विकास, सफलता र समृद्धिको अवसर ल्याउन सक्छ।

 

मीन राशिलाई शनि ग्रह उदय को प्रभावः शनिको उदयसँगै मीन राशिका व्यक्तिहरुको केहि मनोकामना पुरा हुनेछन्  स्वास्थ्य सम्बन्धी समस्याको पनि सामना गर्नु पर्नेछ। आफ्नो स्वास्थ्यप्रति पनि लापरवाही नगर्नुहोला। गरिबहरूलाई केहि दान गर्नु शुभ हुनेछ । अचल सम्पतिको खरिद राम्रो हुनेछ ।

 

समग्रमा, शनिको उदयले यी बिभिन्न राशिका लागि सकारात्मक परिवर्तन र वृद्धिको अवधिलाई संकेत गर्न सक्छ, आर्थिक लाभ, अवरोधहरू हटाउने र वर्षभरि उनीहरूको भाग्यमा समग्र सुधारको सम्भावनाको विकास हुनेछ । तपाईंलाई शुभ रहोस् । शनी ग्रहलाई कर्मफल दाता मानिन्छ यसर्थ शनि ग्रहले कामको आधारमा फल दीने विश्वास गरिन्छ । पक्कै पनि तपाईले उचित कर्म गर्दै उत्कृष्ट फल प्राप्त गर्नुहुनेछ ।

 

 

यहॉ राम्रो नराम्रो जे लेखेको भएता पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । यो विश्लेषण तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल शनि ग्रहको अबस्थालाई हेरेर तयार गरीएको हो । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ। राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धरान (सुनसरी),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवास्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको हो ।   निर्वाचन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय...

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय

तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ ।   नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९