मिठो अचार बेचेर पूर्वमा प्रसिद्धी कमाएका उर्लाबारीका मनोहरि दाहाल

 

उर्लाबारी (मोरङ)। उर्लाबारी नगरपालिका वडा नम्बर ७ का मनोहरि दाहालका विभिन्न परिचय छन्। उर्लाबारीमा होटल व्यवसाय गरेको ३० वर्ष भयो। त्यसैले, उनी होटल व्यवसायीको रूपमा परिचित छन्।उनी राजनीतिमा २२ वर्षदेखि सक्रिय छन्। यसकारण उनी राजनीतिज्ञ पनि हुन्। उनले १० वर्षजति कलाकारिता क्षेत्रमा बिताए। त्यसैले उनी फिल्मकर्मी पनि हुन्। तीन वर्षयता अचार उद्योग खोलेर लोकप्रियता हासिल गरिरहेका छन्। अहिलेको परिचय – उद्योगी हो।निकट भविष्यमा उनी मसला उद्योग खोल्दैछन् – त्यहाँ बन्ने परिचय अर्को छँदैछ। ५९ वर्षीय दाहाल आफूलाई होटल व्यवसायीको रूपमा चिनाउन चाहन्छन्। किनभने, उनको यो नै जीवनको सुरूवाती व्यवसाय थियो र यही पेशाबाट अरू परिचयहरू बन्दै गए।दाहाल भन्छन्, ‘मेरो होटल व्यवसायी बन्ने चाहना थिएन, तर परिस्थितिले होटल व्यवसायमा डोर्‍यायो।’खासमा उनी बलिउडका सफल अभिनेता अमिताभ बच्चनजस्तै कलाकार बन्न चाहन्थे। यो २०४५/४६ सालतिरको कुरा थियो। जतिबेला उनी दमकमा क्याम्पस पढ्थे।उनको पुरानो घर दमक नगरपालिका-३ ढुकुरपानी हो। क्याम्पसे जीवनमा उनी जासुसीका किताब र उपन्यासहरू पढ्थे। गोजीमा पैसा हुनासाथ उनी फिल्म हलमा पुगिहाल्थे।‘फिल्म त कति हेरियो, हेरियो, तर त्यसबेलाको समय र आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण अभिनेता बन्न सकिएन,’ उनी भन्छन्।२०६२/६३ ताका उर्लाबारीमा कञ्चनजंघा होटल चलाइरहेका थिए। सिक्किमबाट फर्केपछि फिरन्ते जीवन के बिताउनु भनेर उनले होटल खोले। उनको होटलको विशेषता मीठो खानाको बन्यो। उर्लाबारीमा जहाँ-जहाँ कार्यक्रमहरू हुन्थे, उनको होटलमा खानाको अर्डर अघिल्लो दिन नै पुग्थ्यो।मिठो खानाले कहलिएको कञ्चनजंघा होटलमा खाना खाने सिलसिलमा फिल्मकर्मीहरू आउन थाले। सुटिङ स्पट खोज्दै, सुटिङ गर्ने कलाकारहरू कञ्चनजंघा होटलमा पुग्न थाले। खाना त्यहीँ खाने, गेष्ट हाउसमा बस्ने गर्न थाले।लक्ष्य हुँदाहुँदै फिल्मकर्मी बन्न नपाएको कुरा दाहालले उनीहरूलाई सुनाउँथे। उनीहरूले दाहाललाई फिल्म खेल्ने अवसर दिन थाले।करिब १० वर्ष उनले आफ्नो पेशा होटल व्यवसायसँगै नेपाली फिल्ममा अभिनय गरे। साना-ठूला फिल्म खेलेरमिसन नेपाल, बरदान, जन्जिरलगायत २५ वटाजति फिल्म खेले। उनले नेगेटिभ क्यारेक्टरदेखि डाक्टर र बुवासम्मको भूमिकामा फिल्म खेले।‘कलाकारिता क्षेत्र सोचेजस्तो रहेन छ, यहाँ कमाई हुने कुरा त परै जाओस्, तलबसमेत नपाइने रहेछ,’ उनले भने, ‘यो क्षेत्र चटक्कै छोडेर म पुरानै पेशा (होटल व्यवसाय)मा एकाग्र भएँ।’होटल चलाउँदै गर्दा कोरोना महामारी सुरू भयो। २०७६ सालमा यो महामारीले सबैतिरको व्यवसाय चौपट्ट भयो। होटल झनै चौपट्ट। त्यसपछि उनले अचार बनाउन थाले।अचार उनको पेशा होटल व्यवसायसँग मिल्दोजुल्दो थियो। अहिले उनले आरएमडी लघु उद्योग (अचार तथा मसला उत्पादन) चलाइरहेका छन्।   अचार उद्योग चलाउने कला उनले सिक्किममा सिकेका थिए। उनी ३० वर्षपहिले काम खोज्दै सिक्किम पुगेका थिए। त्यहाँ उनले सुरूमा अन्यत्रै काम गरे। पछि माछा, मासु र अण्डाको पसल खोले। उनले सिक्किममा आठ वर्ष बिताएका थिए।जब माछा, मासु र अण्डाको पसल खोले। सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी थिए। भान्छे नियमित सामान किन्न आउँथे। भण्डारीको किचनमा दाहालको पसलका माछा, मासु र अण्डा पुग्न थाल्यो।खाना खाँदा भण्डारीले सामान कहाँबाट ल्याएको भनेर सोधेछन्। भान्छेहरूले गर्नेहरूले दाहालको पसल चिनाइदिएछन्। यसपछि भण्डारीको नजरमा दाहाल परे।

 

 

 

सिक्किम सरकारले एकपटक अचार बनाउने तालिम सञ्चालन गर्‍यो। उनले सिक्किम सरकारको सरकारी कोटामा ९ महिना अचार बनाउने तालिमको अवसर पाएका थिए।त्यो सिप कोरोना महामारीको बेला काम लाग्यो। होटल व्यवसाय चौपट्ट भएको बेला अचार बनाउन थाले। लकडाउन खुकुलो भएका बखत उनले कञ्चनजंघा होटलमा ग्राहकलाई चखाउन थाले। सबैजसोले स्वाद चाखेर हौस्याइदिए।त्यसपछि उनले आरएमडी अचार उद्योग स्थापना गरेर अहिले कोसी प्रदेशभरि पुर्‍याइरहेका छन्। उनको उद्योगमा १५ थरीका अचार बन्छन्‘सुरूमा काउन्टर सेल गर्थें, खाद्य परीक्षणपछि सिलप्याक गरेर बेच्न थालें,’ उनले भने, ‘कोसी प्रदेशका ठूला डिपार्टमेन्ट स्टोर र मार्टहरूमा मेरो उद्योगको अचार जान्छ।’

 

 

पूर्वमा चलेको गोरखा डिपार्टमेन्टका सबै शाखाहरूमा दाहालको उद्योगको अचार पुगेको छ। निकट भविष्यमा भाटभटेनीका शाखाहरूमा पठाउने योजना रहेको दाहालले सुनाए।‘कोसी प्रदेशमा भागभटेनीका पाँच वटा शाखा छन्, ती सबैमा अचार पठाउनका लागि कुरा भइसकेको छ,’ दाहालले भने।अचार सिजनेबल छ। जहिले जे बजारमा आउँछ, उनी तिनै सामग्रीबाट अचार बनाउँछन्।उनको उद्योगमा अकबरे दाना, अकबरे तामा, अकबरे टिमुर, कागती, लप्सी, तामा, मेथी, मिक्स, आँप, अदुवा, लसुन, सिम्ला, च्याउ, मासु, गाजर, चुकन्दरलगायतको अचार बन्छ।‘सुरूमा चखाउँछु, सबैले मिठो भनेर प्रतिक्रियासँगै किनेर लैजान्छन्,’ दाहालले भने, ‘आरएमडी अचारले अहिले पूर्वभरि प्रसिद्धी कमाएको छ।’उद्योगमा ६ जनासम्मले रोजगारी पाएका छन्। उनी आफैं र उनकी श्रीमती राधिकादेवी खटिन्छन्।अचार उद्योगको नाम उनले आरएमडी किन राखे? यसपछाडि कारण छन्।आर’ उनका बुवा रामचन्द्र, ‘एम’ आमा मनमाया र ‘दाहाल’ उनको थर मिलेर ‘आरएमडी’ बन्यो।

 

 

 

 

संयोग, ‘आरएमडी’ दाहालका सबै परिवारसँग मिल्यो। ‘आर’ श्रीमती राधिकादेवी, छोरी रमा, छोरा रमेश र रन्जित, ‘एम’ मनोहरि। ‘दाहाल त थर भइहाल्यो,’ मनोहरि मुसुक्क हाँसे।मनोहरिको भोगाइमा अचार उद्योग चलाउन धेरै गाह्रो छैन, तर सजिलो पनि रहेनछ। बजारबाट सबैथोक सामान जुटाउन पर्‍यो। अकबरे खुर्सानी उनी पाँचथरको राँकेबाट ल्याउँछन्।आठ-दस वटा मेसिन चाहिन्छन्। ती मेसिनको अभावमा उनले हातैले अचार बनाइरहेका छन्। ‘हातले काट्नेदेखि लिएर मोल्ने, मसला पिस्ने सबै काम गर्नुपर्छ,’ दाहालले भने, ‘अकबरे खुर्सानीको अचार बनाउँदा रागले छिमेकी रिसाउँछन्, हात पोलेर हैरान भइन्छ।’काट्ने, मसला पिस्ने, मसला मोल्ने, बट्टामा हाल्ने, लेबलिङ गर्ने सबै मेसिन पाइन्छन्। ‘सबै मेसिन खरिद गर्न बजेट छैन, स्थानीय पालिकादेखि प्रदेश सरकारमा गएँ, अनुदानमा पाऊँ भनेर अनुरोध गरें,’ दाहालले भने, ‘बजेट छैन भन्छन्। त्यसैले, दु:खैले अचार बनाएर पठाइरहेको छु।’

 

 

 

उनले आफ्नै होटलको एउटा कोठामा अचार उद्योग राखेका छन्। उक्त कोठा साँघुरो भएकाले होटलको तल्लो फ्ल्याट खाली गरेर सार्ने चाँजो मिलाउँदैछन्।‘निकट भविष्यमा म मसला उद्योग स्थापना गर्छु,’ उनले सुनाए, ‘अचारबाट कति आम्दानी हुन्छ, अहिले लेखाजोखा सुरू गरेको छैन, क्षमता विस्तारमा ध्यान दिइरहेको छु।’उनको उद्योगमा भएको मिक्स अचार सबैले मन पराएका छन्। अचार परिमाणअनुसार डेढ सयदेखि ६ सय रुपैयाँसम्म बट्टामा उपलब्ध छ। ‘मैले सोचेको भन्दा राम्रो बिकिरहेको छ, सरकारबाट अनुदान पाएँ भने अझै राम्रो बनाउन सक्छु भन्ने लागेको हो,’ उनले भने।

 

 

 

दाहालले होटल व्यवसाय चलाएर छोराछोरी पढाए। छोरीको बिहे भयो। कान्छो छोरा र बुहारी अष्ट्रेलियामा छन्। युरोपियन मुलुक जान भनी जेठा छोरा-बुहारी प्रोसेसका लागि दुबई पुगेर बसेका छन्। उनी श्रीमती राधिकादेवीसँग होटल व्यवसायसँगै उद्योग खोलेर देशमै रमाइरहेका छन्।‘छोराछोरीले नेपालमा भविष्य देखिएन भनेर लाखापाखा लागे, म चाहिँ नेपालमै केही गर्छु भन्ने आत्मविश्वास लिएर नंग्रा खियाइरहेको छु,’ दाहालले भने।होटलमा काम गर्ने स्टाफ खासै छैनन्। उनको होटलमा खाना मिठो पाइने गरेकाले धेरै त्यही चल्छ। त्यसका लागि धेरै स्टाफ पनि नचाहिने र आफैं बढी खट्ने गरेकाले अचारउद्योगको क्षमता विस्तारमा उनी लागेका छन्।कलाकारितामा भविष्य नदेखेका मनोहरिले राजनीतिमा भविष्य खोज्ने कोसिस गरे। सुरूमा उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा थिए। २२ वर्षमा माओवादी चोइटिएर फरक विचारधाराका धेरै दल बने।

 

 

१० वर्ष युद्ध लडेको माओवादीमा बिरक्तिएका डा. बाबुराम भट्टराईले अलग पार्टी (नयाँ शक्ति) स्थापना गरे। मनोहरि त्यतै लागे। पछि मधेसवादी दलहरूसँग मिलेर बाबुरामले अर्कै पार्टी बनाए।मनोहरिले बाबुरामलाई छोडिदिए। उनी अहिले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा छन्। यहाँ उनी कोसी प्रदेश कमिटी सदस्य छन्।यी सबै परिचयमा खुल्लमखुला र ठाडो नजरले सबैसँग मुकाबिला गर्ने क्षमता दाहाल राख्छन्। अहिले कलाकारिताबाहेक अरू सबै पेशा-व्यवसाय सम्हाल्न भ्याइरहेका छन्।‘मेरो सुरूवाती व्यवसाय होटल भएकाले म होटल व्यवसायीकै रूपमा चिनिन चाहन्छु,’ कुराकानी बिट मार्दैगर्दा दाहालले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौँ,  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

काठमाडौँ,  एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ । शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।     केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय राम भन्ने...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ, यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।     वैशाख १० गतेसम्म भर्ना अभियान...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९