मिठो अचार बेचेर पूर्वमा प्रसिद्धी कमाएका उर्लाबारीका मनोहरि दाहाल

 

उर्लाबारी (मोरङ)। उर्लाबारी नगरपालिका वडा नम्बर ७ का मनोहरि दाहालका विभिन्न परिचय छन्। उर्लाबारीमा होटल व्यवसाय गरेको ३० वर्ष भयो। त्यसैले, उनी होटल व्यवसायीको रूपमा परिचित छन्।उनी राजनीतिमा २२ वर्षदेखि सक्रिय छन्। यसकारण उनी राजनीतिज्ञ पनि हुन्। उनले १० वर्षजति कलाकारिता क्षेत्रमा बिताए। त्यसैले उनी फिल्मकर्मी पनि हुन्। तीन वर्षयता अचार उद्योग खोलेर लोकप्रियता हासिल गरिरहेका छन्। अहिलेको परिचय – उद्योगी हो।निकट भविष्यमा उनी मसला उद्योग खोल्दैछन् – त्यहाँ बन्ने परिचय अर्को छँदैछ। ५९ वर्षीय दाहाल आफूलाई होटल व्यवसायीको रूपमा चिनाउन चाहन्छन्। किनभने, उनको यो नै जीवनको सुरूवाती व्यवसाय थियो र यही पेशाबाट अरू परिचयहरू बन्दै गए।दाहाल भन्छन्, ‘मेरो होटल व्यवसायी बन्ने चाहना थिएन, तर परिस्थितिले होटल व्यवसायमा डोर्‍यायो।’खासमा उनी बलिउडका सफल अभिनेता अमिताभ बच्चनजस्तै कलाकार बन्न चाहन्थे। यो २०४५/४६ सालतिरको कुरा थियो। जतिबेला उनी दमकमा क्याम्पस पढ्थे।उनको पुरानो घर दमक नगरपालिका-३ ढुकुरपानी हो। क्याम्पसे जीवनमा उनी जासुसीका किताब र उपन्यासहरू पढ्थे। गोजीमा पैसा हुनासाथ उनी फिल्म हलमा पुगिहाल्थे।‘फिल्म त कति हेरियो, हेरियो, तर त्यसबेलाको समय र आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण अभिनेता बन्न सकिएन,’ उनी भन्छन्।२०६२/६३ ताका उर्लाबारीमा कञ्चनजंघा होटल चलाइरहेका थिए। सिक्किमबाट फर्केपछि फिरन्ते जीवन के बिताउनु भनेर उनले होटल खोले। उनको होटलको विशेषता मीठो खानाको बन्यो। उर्लाबारीमा जहाँ-जहाँ कार्यक्रमहरू हुन्थे, उनको होटलमा खानाको अर्डर अघिल्लो दिन नै पुग्थ्यो।मिठो खानाले कहलिएको कञ्चनजंघा होटलमा खाना खाने सिलसिलमा फिल्मकर्मीहरू आउन थाले। सुटिङ स्पट खोज्दै, सुटिङ गर्ने कलाकारहरू कञ्चनजंघा होटलमा पुग्न थाले। खाना त्यहीँ खाने, गेष्ट हाउसमा बस्ने गर्न थाले।लक्ष्य हुँदाहुँदै फिल्मकर्मी बन्न नपाएको कुरा दाहालले उनीहरूलाई सुनाउँथे। उनीहरूले दाहाललाई फिल्म खेल्ने अवसर दिन थाले।करिब १० वर्ष उनले आफ्नो पेशा होटल व्यवसायसँगै नेपाली फिल्ममा अभिनय गरे। साना-ठूला फिल्म खेलेरमिसन नेपाल, बरदान, जन्जिरलगायत २५ वटाजति फिल्म खेले। उनले नेगेटिभ क्यारेक्टरदेखि डाक्टर र बुवासम्मको भूमिकामा फिल्म खेले।‘कलाकारिता क्षेत्र सोचेजस्तो रहेन छ, यहाँ कमाई हुने कुरा त परै जाओस्, तलबसमेत नपाइने रहेछ,’ उनले भने, ‘यो क्षेत्र चटक्कै छोडेर म पुरानै पेशा (होटल व्यवसाय)मा एकाग्र भएँ।’होटल चलाउँदै गर्दा कोरोना महामारी सुरू भयो। २०७६ सालमा यो महामारीले सबैतिरको व्यवसाय चौपट्ट भयो। होटल झनै चौपट्ट। त्यसपछि उनले अचार बनाउन थाले।अचार उनको पेशा होटल व्यवसायसँग मिल्दोजुल्दो थियो। अहिले उनले आरएमडी लघु उद्योग (अचार तथा मसला उत्पादन) चलाइरहेका छन्।   अचार उद्योग चलाउने कला उनले सिक्किममा सिकेका थिए। उनी ३० वर्षपहिले काम खोज्दै सिक्किम पुगेका थिए। त्यहाँ उनले सुरूमा अन्यत्रै काम गरे। पछि माछा, मासु र अण्डाको पसल खोले। उनले सिक्किममा आठ वर्ष बिताएका थिए।जब माछा, मासु र अण्डाको पसल खोले। सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी थिए। भान्छे नियमित सामान किन्न आउँथे। भण्डारीको किचनमा दाहालको पसलका माछा, मासु र अण्डा पुग्न थाल्यो।खाना खाँदा भण्डारीले सामान कहाँबाट ल्याएको भनेर सोधेछन्। भान्छेहरूले गर्नेहरूले दाहालको पसल चिनाइदिएछन्। यसपछि भण्डारीको नजरमा दाहाल परे।

 

 

 

सिक्किम सरकारले एकपटक अचार बनाउने तालिम सञ्चालन गर्‍यो। उनले सिक्किम सरकारको सरकारी कोटामा ९ महिना अचार बनाउने तालिमको अवसर पाएका थिए।त्यो सिप कोरोना महामारीको बेला काम लाग्यो। होटल व्यवसाय चौपट्ट भएको बेला अचार बनाउन थाले। लकडाउन खुकुलो भएका बखत उनले कञ्चनजंघा होटलमा ग्राहकलाई चखाउन थाले। सबैजसोले स्वाद चाखेर हौस्याइदिए।त्यसपछि उनले आरएमडी अचार उद्योग स्थापना गरेर अहिले कोसी प्रदेशभरि पुर्‍याइरहेका छन्। उनको उद्योगमा १५ थरीका अचार बन्छन्‘सुरूमा काउन्टर सेल गर्थें, खाद्य परीक्षणपछि सिलप्याक गरेर बेच्न थालें,’ उनले भने, ‘कोसी प्रदेशका ठूला डिपार्टमेन्ट स्टोर र मार्टहरूमा मेरो उद्योगको अचार जान्छ।’

 

 

पूर्वमा चलेको गोरखा डिपार्टमेन्टका सबै शाखाहरूमा दाहालको उद्योगको अचार पुगेको छ। निकट भविष्यमा भाटभटेनीका शाखाहरूमा पठाउने योजना रहेको दाहालले सुनाए।‘कोसी प्रदेशमा भागभटेनीका पाँच वटा शाखा छन्, ती सबैमा अचार पठाउनका लागि कुरा भइसकेको छ,’ दाहालले भने।अचार सिजनेबल छ। जहिले जे बजारमा आउँछ, उनी तिनै सामग्रीबाट अचार बनाउँछन्।उनको उद्योगमा अकबरे दाना, अकबरे तामा, अकबरे टिमुर, कागती, लप्सी, तामा, मेथी, मिक्स, आँप, अदुवा, लसुन, सिम्ला, च्याउ, मासु, गाजर, चुकन्दरलगायतको अचार बन्छ।‘सुरूमा चखाउँछु, सबैले मिठो भनेर प्रतिक्रियासँगै किनेर लैजान्छन्,’ दाहालले भने, ‘आरएमडी अचारले अहिले पूर्वभरि प्रसिद्धी कमाएको छ।’उद्योगमा ६ जनासम्मले रोजगारी पाएका छन्। उनी आफैं र उनकी श्रीमती राधिकादेवी खटिन्छन्।अचार उद्योगको नाम उनले आरएमडी किन राखे? यसपछाडि कारण छन्।आर’ उनका बुवा रामचन्द्र, ‘एम’ आमा मनमाया र ‘दाहाल’ उनको थर मिलेर ‘आरएमडी’ बन्यो।

 

 

 

 

संयोग, ‘आरएमडी’ दाहालका सबै परिवारसँग मिल्यो। ‘आर’ श्रीमती राधिकादेवी, छोरी रमा, छोरा रमेश र रन्जित, ‘एम’ मनोहरि। ‘दाहाल त थर भइहाल्यो,’ मनोहरि मुसुक्क हाँसे।मनोहरिको भोगाइमा अचार उद्योग चलाउन धेरै गाह्रो छैन, तर सजिलो पनि रहेनछ। बजारबाट सबैथोक सामान जुटाउन पर्‍यो। अकबरे खुर्सानी उनी पाँचथरको राँकेबाट ल्याउँछन्।आठ-दस वटा मेसिन चाहिन्छन्। ती मेसिनको अभावमा उनले हातैले अचार बनाइरहेका छन्। ‘हातले काट्नेदेखि लिएर मोल्ने, मसला पिस्ने सबै काम गर्नुपर्छ,’ दाहालले भने, ‘अकबरे खुर्सानीको अचार बनाउँदा रागले छिमेकी रिसाउँछन्, हात पोलेर हैरान भइन्छ।’काट्ने, मसला पिस्ने, मसला मोल्ने, बट्टामा हाल्ने, लेबलिङ गर्ने सबै मेसिन पाइन्छन्। ‘सबै मेसिन खरिद गर्न बजेट छैन, स्थानीय पालिकादेखि प्रदेश सरकारमा गएँ, अनुदानमा पाऊँ भनेर अनुरोध गरें,’ दाहालले भने, ‘बजेट छैन भन्छन्। त्यसैले, दु:खैले अचार बनाएर पठाइरहेको छु।’

 

 

 

उनले आफ्नै होटलको एउटा कोठामा अचार उद्योग राखेका छन्। उक्त कोठा साँघुरो भएकाले होटलको तल्लो फ्ल्याट खाली गरेर सार्ने चाँजो मिलाउँदैछन्।‘निकट भविष्यमा म मसला उद्योग स्थापना गर्छु,’ उनले सुनाए, ‘अचारबाट कति आम्दानी हुन्छ, अहिले लेखाजोखा सुरू गरेको छैन, क्षमता विस्तारमा ध्यान दिइरहेको छु।’उनको उद्योगमा भएको मिक्स अचार सबैले मन पराएका छन्। अचार परिमाणअनुसार डेढ सयदेखि ६ सय रुपैयाँसम्म बट्टामा उपलब्ध छ। ‘मैले सोचेको भन्दा राम्रो बिकिरहेको छ, सरकारबाट अनुदान पाएँ भने अझै राम्रो बनाउन सक्छु भन्ने लागेको हो,’ उनले भने।

 

 

 

दाहालले होटल व्यवसाय चलाएर छोराछोरी पढाए। छोरीको बिहे भयो। कान्छो छोरा र बुहारी अष्ट्रेलियामा छन्। युरोपियन मुलुक जान भनी जेठा छोरा-बुहारी प्रोसेसका लागि दुबई पुगेर बसेका छन्। उनी श्रीमती राधिकादेवीसँग होटल व्यवसायसँगै उद्योग खोलेर देशमै रमाइरहेका छन्।‘छोराछोरीले नेपालमा भविष्य देखिएन भनेर लाखापाखा लागे, म चाहिँ नेपालमै केही गर्छु भन्ने आत्मविश्वास लिएर नंग्रा खियाइरहेको छु,’ दाहालले भने।होटलमा काम गर्ने स्टाफ खासै छैनन्। उनको होटलमा खाना मिठो पाइने गरेकाले धेरै त्यही चल्छ। त्यसका लागि धेरै स्टाफ पनि नचाहिने र आफैं बढी खट्ने गरेकाले अचारउद्योगको क्षमता विस्तारमा उनी लागेका छन्।कलाकारितामा भविष्य नदेखेका मनोहरिले राजनीतिमा भविष्य खोज्ने कोसिस गरे। सुरूमा उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा थिए। २२ वर्षमा माओवादी चोइटिएर फरक विचारधाराका धेरै दल बने।

 

 

१० वर्ष युद्ध लडेको माओवादीमा बिरक्तिएका डा. बाबुराम भट्टराईले अलग पार्टी (नयाँ शक्ति) स्थापना गरे। मनोहरि त्यतै लागे। पछि मधेसवादी दलहरूसँग मिलेर बाबुरामले अर्कै पार्टी बनाए।मनोहरिले बाबुरामलाई छोडिदिए। उनी अहिले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा छन्। यहाँ उनी कोसी प्रदेश कमिटी सदस्य छन्।यी सबै परिचयमा खुल्लमखुला र ठाडो नजरले सबैसँग मुकाबिला गर्ने क्षमता दाहाल राख्छन्। अहिले कलाकारिताबाहेक अरू सबै पेशा-व्यवसाय सम्हाल्न भ्याइरहेका छन्।‘मेरो सुरूवाती व्यवसाय होटल भएकाले म होटल व्यवसायीकै रूपमा चिनिन चाहन्छु,’ कुराकानी बिट मार्दैगर्दा दाहालले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ...

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

लमजुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष  पृथ्वी सुब्बा गुरुङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्ने हुनुभएको छ । यसअघि बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका गुरुङलाई आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरुङ विसं २०७४ मा गण्डकी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु (नवलपरासी),  यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।   “गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ,  वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९