इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्द हुन्छ’

रोम । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने,  ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ । यदि यस्तो भयो भने यो ठूलो गल्ती हुनेछ। हामीले युक्रेनलाई यति धेरै सहयोग गर्नुपर्छ कि उसले आफूलाई बचाउन सक्छ।’

 

उनका अनुसार युक्रेनमा प्रवेश गरी रुससँग लड्नु भनेको तेस्रो विश्वयुद्धलाई निम्तो दिनु हो। इटालीका विदेशमन्त्रीको यो टिप्पणी फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना पठाउने कुरा गरिरहेको बेला आएको हो । ताजानीले पनि हाम्रो सेनाले जे गरिरहेको छ त्यो राम्रो भएको बताए । उनले लाल सागरमा हाम्रा जहाजहरू बचाउँदै छन्। उनले युक्रेनमा सेना पठाउन स्पष्ट रूपमा अस्वीकार गरे।

 

गत महिना फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना अवतरण गर्ने सम्भावनालाई अस्वीकार गरेका थिए । उनले गत शुक्रबार पनि यही कुरा दोहोर्‍याइरहेका छन । ‘म यो पनि होस् भन्ने चाहन्न। म यो पहल गर्दिन तर हामीले युक्रेनमा जमिनमा कारबाही गर्न आवश्यक छ, जुनसुकै भए पनि रुसी सेनालाई धपाउन,’ उनले फ्रान्सेली अखबार ला पेरिसियनलाई भनेका छन् ।

 

उनले भनेका थिए कि फ्रान्ससँग युद्धमा जान सक्ने शक्ति छ, त्यो गर्न सक्छ । सोही सिलसिलामा शुक्रबार म्याक्रोनले जर्मनी र पोल्याण्डका नेताहरूलाई पनि भेटेका थिए । यसपछि उनले भनेका थिए कि हामी तीनैले रुसलाई कहिल्यै जित्न दिने छैनौं । हामी अन्तिमसम्म युक्रेनका जनताको साथमा छौँ ।’

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९