चीनद्दारा बीआरआई परियोजनामा भ्रष्टचार गर्नेलाइ संसारभरी खाेज्दै, चीन लगेर दण्डित गर्ने

बेइजिङ चीनले महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा भ्रष्टचार भएको स्विकार गरेको छ । सो परियोजनासँग सम्बन्धित भ्रष्टाचारको आशंकामा रहेका फरार अधिकारीहरूलाई लक्षित गरी चीनले अन्तर्राष्ट्रिय खोज सुरु गर्ने तयारी गरिरहेको छ

 

सत्तारुढ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको चीनको भ्रष्टाचार विरोधी निगरानी निकाय केन्द्रीय अनुशासन निरीक्षण (सीसीडीआई) ले मंगलबार हङकङस्थित सीमापार भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने जिम्मेवारी पाएका विभिन्न निकायसँगको बैठकमा यस्तो निर्णय गरेको साउथ चाइना मर्निङ पोस्टले जानकारी दिएको छ । ‘हामीले बेल्ट एण्ड रोड इनिसिएटिभ निर्माणको अखण्डतालाई बलियो बनाउनु पर्छ र भ्रष्टाचार विरुद्धको कडा र लामो लडाई जित्नको लागि बलियो समर्थन र दृढ ग्यारेन्टी प्रदान गर्न भ्रष्टाचार विरुद्ध उच्च दबाव अडानलाई सुदृढ पार्नु पर्छ,’ सीसीडीआईले बैठक पछि जानकारी दिदै भनेको छ ।

पार्टीद्वारा सञ्चालित पिपुल्स डेलीका अनुसार बिआरआइ परियोजनालाइ भ्रष्टचारमुक्त बनाउने सीसीडीआईको योजनालाई कार्यान्वयन गर्ने प्रयास स्वरूप धेरै महिना पछि दोस्रो रिपोर्ट बाहिर आएको हो । गत महिना सीसीडीआईको वार्षिक प्रतिवेदनले बीआरआईसँग सम्बन्धित भ्रष्टाचार विरुद्ध लड्ने र सन २०२४ को लागि सीसीडीआईले निरीक्षणको कामलाइ प्राथमिकतामा राखेको बताएको थियो। विगत दश वर्षमा चीनले सो परियोजनामार्फत ट्रिलियन अमेरिकी डलर बराबर लगानी गरिएको छ, तर यसरी गरिएको लगानीमा चिनियाँ अधिकारी तथा प्राप्तकर्ता देशका कर्मचारीको मिलोमतोमा भ्रष्टचार भएको प्रारम्भिक अनुसन्धानवाट खुलेको जनाइएको छ।

 

अघिल्लो घोषणा अनुसार बीआरआईसँग सम्बन्धित विवादका सबै मुद्दा चीनमा स्थापित न्यायिक निकायबाट सञ्चालन हुनेछन्। बिआरआई परियोजनामा भ्रष्टाचार विरोधी अभियानको लागि सिसिडिआइ योजनाहरू विशेष गरी साना र मझौला देशहरूमा भ्रष्टाचार र उच्च प्रोफाइल परियोजनाको अव्यवस्थापनको आरोपको बीचमा आउँछन्, जसले गर्दा धेरै एशियाई र अफ्रिकी देशलाई ठूलो ऋणको जालमा फस्न गएको छ ।

 

भ्रष्टचार गरेका कारण साे परियाेजनाकाे अन्तराष्ट्रिय बेइज्जत हुन गएकाे चीनकाे बुझाइ रहेकाे छ, जसकाकारण साे परियाेजनामा अनियमितता र भ्रष्टचार गर्नेलाइ दण्डित गर्ने याेजना स्वरूप विश्वब्यापी खाेजी गर्न लागिएकाे चाइना मर्निङ पाेष्टले जनाएकाे छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९