चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम ‘शिव शक्ति पोइन्ट’

काठमाडौँ । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई ‘शिव शक्ति’ पोइन्ट भनिने भएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई ‘शिवशक्ति प्वाइन्ट’ नामकरण गरेका थिए । सो नामलाई घोषणा भएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय खगोलीय संघले अनुमोदन गरेको छ ।चन्द्रयान-३ जुलाई १४ मा बह्र्त्को श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको थियो । विक्रम ल्यान्डरले अगस्ट २३ मा साँझ ६.०४ बजे चन्द्रमामा अवतरण गरेको थियो । तीन दिनपछि, प्रधानमन्त्री मोदी वैज्ञानिकहरूलाई भेट्न इसरो टेलिमेट्री ट्र्याकिङ र कमाण्ड नेटवर्क पुगेका थिए ।

 

 

सो अवसरमा मोदीले रेक वर्ष २३ अगस्टमा भारतले राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने, चन्द्रमामा ल्यान्डर अवतरण गरेको स्थानलाई शिवशक्ति पोइन्ट भनिने र चन्द्रयान-३ को पाइलाको छाप रहेको चन्द्रमाको बिन्दुलाई ‘तिरंगा’ नाम दिइने घोषणा गरेका थिए ।चन्द्रयान–३ मिसनका तीन भाग थिए । प्रोपल्सन मोड्युल, ल्यान्डर र रोभर । तिनीहरूमा कुल ७ पेलोडहरू स्थापना गरिएको थियो । चन्द्रयान-३ को प्रोपल्सन मोड्युलमा शेप नामक पेलोड राखिएको थियो। यो चन्द्रमाको कक्षमा परिक्रमा गरेर पृथ्वीबाट आउने विकिरणको अनुसन्धान गर्न बनाइएको हो ।

 

 

चन्द्रयान–३ ले ४० दिनमा पृथ्वीको २१ पटक र चन्द्रमाले १२० पटक परिक्रमा गरेको थियो । चन्द्रयानले ५५ लाख किलोमिटरको यात्रा गरी ३.८४ लाख किलोमिटरको दूरी चन्द्रमासम्म पुर्याएको थियो ।भारतले चन्द्रयान–१ सन् २००८ मा प्रक्षेपण गरिएको थियो । यसमा एउटा प्रोबको क्र्यास ल्यान्डिङ गरिएको थियो जसमा चन्द्रमामा पानी भेटिएको थियो । त्यसपछि २०१९ मा चन्द्रयान-२ चन्द्रमाको नजिक पुग्यो, तर अवतरण गर्न सकेन।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९