काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद विस्तार गरेका छन् ।जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाइ वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद विस्तार गरेका हुन ।प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराउने तयारी भएको छ ।जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदबारमा हुँदैछ ।


































































































































































