मधेशका वन क्षेत्रमा जताततै डढेलो, नियन्त्रणका निम्ती प्रभावकारी पहल भएन

बारा।   मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा गर्न खतरा भएको छ । लामो समयदेखिको खडेरी तथा पानी नपरेकाले गर्मीयाम सुरु भएसँगै डढेलो फैलिदै गएको हो । मधेशका जिल्लाको बन क्षेत्र भित्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वनमा तथा पूर्वपश्चिम लोकमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ ।

मधेशमा सबैभन्दा बढी रौतहटमा २२ हजार हेक्टरमा डढेलोले क्षेती गरेको छ । बिशेष गरि भुई आगोका कारण यस क्षेत्रमा डढेलो नियन्त्रणमा लिन समेत सकिएको छैन भने यस प्रदेशमा रहेको एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको एक सय हेक्टर भन्दा बढी स्थानमा डढेलो लागेको छ । यता पर्सामा भने  ५० हेक्टरमा डढेलो लागेको थियो वर्षाका कारण डढेलो नियन्त्रणमा आए पछि पछिल्लो समयमा भने पुन ः केही स्थानमा फाट्टफुट्ट डढेलोले क्षेती गरेको छ । यस्तै बारामा ५०, महोत्तरीमा ३०, धनुषामा २०, सिराहमा १०, सप्तरीमा २० हेक्टर क्षेत्रमा हाल सम्म डढेलोले क्षेत्री गरिसकेको छ । आठ जिल्ला रहेको यस प्रदेशको सर्लाहीमा भने डढेलो खासै क्षेती गरेको छैन । यस क्षेत्रमा फाट्टफुट्ट आगेलागि भएतापनि तुरुन्तै नियन्त्रण लिईएका कारण क्षेती हुन नसकेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मंजुर अहमदले जानकारी दिए ।  डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट र कर्मचारीको अभावका कारण डढेलो नियन्त्रण गर्न सरकारी निकायले प्रभावकारी पहल गरेको छैन ।
डढेलो रोकथाम तथा नियन्त्रणका लागि नँया प्रविधि र वैज्ञानिक विधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको हुदाँ डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै छ ।

 

 

 

 

 

यता स्थानियले वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वन जङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएको छ । तर डढेलो लगाउनेहरू कहिल्यै समातिदैनन् । बाराको निजगढ, कोल्हवी र जीतपुरसिमरा नगर क्षेत्रभित्र राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन छन् । केहीदिन अघि निकै सवेदनशिल मानिने पेट्रोलियम पदार्थको भण्डारण रहेको नेपाल आयल निगम अम्लेखगञ्ज डिपो नजिकैको पर्सा राष्ट्रिय निकुञ्जको वनमा डढेलो लागेको थियो, पेट्रोलियम पदार्थ भण्डारण भएको नजिकैको वनमा डढेलो लागेका कारण स्थानिए निकै डराएका थिए । तर वन, निकुञ्ज, प्रहरी, सोना र स्थानियको प्रयासमा डढेलो नियन्त्रण आएको थियो ।

 

 

 

 

यहाँ डढेलो लगाउनेहरू कहिल्यै समातिदैनन्, जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाध्यक्ष सुभाष श्रेष्ठले भने,‘डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न सकिने अवस्था पनि छैन । पेट्रोलियम पदार्थ भण्डारण छेउको जंगलमा आगोलागेमा रातभर जागेराम बस्नुको बिकल्प छैन ।’वन सम्पदा सुरक्षामा नभई वनको उपभोगमा मात्र लागेका कारण वनका कर्मचारीको उदासिनताले वन उजाड हुँदै गएको रौतहट चन्द्रपुर नगरपालिका ६ स्थित लमहाकी फूलमाया पुलामीले बताईन । “दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भनिन् । वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । रौतहट जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ ।पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए ।

 

 

 

 

 

वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाएर संयुक्त गस्ती बढाइनुपर्छ भने वन क्षेत्रभित्र सशस्त्र प्रहरी पोष्टसमेत संचालनमा भए सर्वसाधरणले बनमा डढेलो लगाउने हिमत गर्ने थिएनन् । डढेलोले वन तथा वन्यजन्तुमा परेको असरको मूल्याङ्कन गरिँदैनमधेस प्रदेशका वनमा भएको डढेलोले वन्यजन्तुमा पारेको असरको मूल्याङ्कन गरिएको पाईदैन । सामान्यतह वन वा निकुञ्जमा आगो लाग्दा ठूला ठूला जनावरहरू आगो नलगेको क्षेत्रहरूमा जान्छन् भन्ने विश्वासका कारण समेत वनमा भएको डढेलोको क्षेत्रीबारे मूल्याङ्कन गरिने गरेको पाईदैन ।

 

 

 

 

 

मृग प्रजाति, शाकाहारी वा मांसाहारी आहार खाने प्रजातिका जनावरहरू त्यति मर्दैनन्। तर घस्रने प्रजातिका साना जीव र कमिला जस्ता किराहरू मर्छन् । तर त्यो सङ्ख्या पुनः कायम हुन्छ। गुँड लगाइरहेको अवस्था छ भने चराहरूमा पनि असर पर्छ डिभिजन वन कार्यलयका प्रमुख विनोद सिंहले भने,‘असरको मूल्याङ्कन नै गरिएको छैन । तर निश्चित क्षेत्र (ब्लक) मा आगो लाग्ने भएकाले वनको हकमा त्यति ठूलो असर परेको छैन।’त्यसबाहेक आगलागीले घाँस र रुखहरू नष्ट पार्दा सबै किसिमका जनावरहरू जङ्गलबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेको विज्ञहरू बताउँछन् । आगलागीहुन नदिन फएरलाईन वा अग्नीरेखाहरु समेत बनाईएको नपाईएको विज्ञहरू बताउँछन् ।

 

 

 

 

एकैचोटि ठूलो स्तरमा आगलागी हुँदा जनावरहरूलाई जोगिन गाह्रो हुने सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले जानकारी दिए ।
‘अनियन्त्रित हिसाबले आगो लाग्दा त्यसको केही न केही प्रभाव रहन्छ । जनावरहरू भागेर बाच्न पनि सक्छन तर केही मर्छन् पनि यस्तै अण्डा दिने प्रजातिका जनावरहरुलाई त अप्ठेरो पर्लानी यसको अर्थ इकोसिस्टममा त आगलागीले समेत असर त गछ नै।’ सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष बजगाईले भने,‘त्यही भएर आगलागी नियन्त्रणका विभिन्न वैज्ञानिक उपायहरू अवलम्बन गरिनुपर्छ तथा मानवीय हेलचेक्र्याइँका कारण डढेलो लाग्ने अवस्था आउन दिनहुन्न ।’
डढेलोका कारण मधेशमा वायु प्रदूषण

 

 

 

 

म्धेशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि हुदाँ मधेशमा वायु प्रदूषण समेत बढेको छ । यस प्रदेशमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ । प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको हो ।वायु प्रदूषणकै कारण बारामा रहेको सिमरा विमानस्थलमा करिब एक हप्ता सम्पुण उडान डिले गरिएको सिमरा नागरिक उड्डयन कार्यालयका प्रमुख तथा विमानस्थल प्रबन्धक सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कम दृश्यता लो भिजिबिलिटीका कारण बिहान हुने सम्पुर्ण उडानलाई एक हप्ता सम्म १२ बजे पछाडि सारिएको थियो तर आजबाट भने केही सुधार भएको बताईएको छ ।

 

 

 

 

यस्तै डढेलोका कारण पूर्व पश्चिम लोकमार्गमा चल्ने सवारी साधनका चालकलाई समेत आखा पोल्ने, बाटेमा बिपरित तिरबाट आएका सवारी साधन समेत देखिने अवस्था नभएको चालकले गुनासो गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक राम कुमार महतोले बताए । उनले भने,‘यस भेगमा चल्ने सवारी साधनका चालकहरुले जंगलमा लागेको आगलागिका कारण सवारी चलाउन समेत कठिन भएको गुनासो हामीलाई गरे पछि हामीले वनलाई यसको जानकारी गराएका थियौँ।’
तराईका विभिन्न भागका जंगलहरुमा तिब्ररुपमा डढेलो फैलिएको छ । रौतहट, बारा, महोत्तरीलगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराईका पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ ।

 

 

 

 

डढेलोका कारण वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन । यता वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क तथा चश्मा लगाउन र सावधानी अपनाउन आग्रह समेत गरिएको छ ।
यसैगरी डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि सम्बन्धीत निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

जनकपुरधाम,  मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ । मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी गरेका छन् । यसैगरी बजारका विभिन्न...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

उन्नत जातका धानखेतीतर्फ आकर्षण

गलेश्वर (म्याग्दी)  गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् । धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ । करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया,...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९