विगतका विपत्तिले सम्पदा क्षेत्रमा पारेको क्षति, संरक्षणका लागि पाठ

काठमाडौँ । प्राकृतिक र मानव निर्मित मूर्त अमूर्त सम्पदा बचाउन सके मात्र मानव सभ्यता बच्न सक्ने बताउँदै जनप्रतिनिधि, कर्मचारी, सस्कृतिकर्मी तथा स्थानीयले ‘विगत घटना विर्सन नहुने’ साझा मत व्यक्त गरेका छन् ।‘सम्पदाहरुको अभिलेखन यसको प्रमुख क्रियाकलाप हो ।’ विश्व सम्पदा दिवस २०२४ को अवसरमा आज आयोजना गरिएका कार्यक्रमहरुमा, विगतमा विपत्तिले सम्पदा क्षेत्रमा पारेको क्षतिबाट संरक्षणको. पाठ सिक्नु पर्ने बताउँदै उहाँहरुबाट यस्ता धारणा व्यक्त भएका हुन् । यो वर्ष ‘डिजास्टर एण्ड कन्फिन्ट थ्रु द लेन्थ अफ द भेनिस चार्टर’ नारासहित दिवसका कार्यक्रम आयोजना गरिएका छन् । यो चार्टर सन् १९६४ मा सम्पदा संरक्षण र व्यवस्थापनमा काम गर्ने विज्ञ र पेशाकर्मीहरुले जारी गरेका थिए । त्यस यताका सम्पदाले भोगेका विपत्ति, त्यसले पारेको असर र यसबाट सिक्नु पर्ने पाठलाई विश्लेषण गर्न नाराले झक्झक्याएको छ ।

 

 

 

 

दिवसको सन्दर्भ र महानगरपालिकाले गरेका कामका बारेमा धारणा राख्दै सम्पदा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘मूर्त अमूर्त सम्पदा र आपसी सम्बन्धको अभिलेखन गर्ने, हराएका र नासिएका संरचनासहित रीतिथिति र संस्कृति खोजेर पुनरुत्थान गर्ने कामलाई प्राथमिकता दिएका छौँ ।’ यसरी जोगाइएका सम्पदालाई अभिलेखन र पुस्तान्तरण गर्ने योजनाका साथमा काम भइरहेको संगतको भनाइ छ । दिवसको अवसर पारेर महानगरपालिकाका वडाहरुले विविध कार्यक्रम आयोजना गरेका छन् । यस क्रममा विश्व सम्पदा क्षेत्र भएका वडाहरुमध्ये वडा नं. १५ ले स्वयम्भू भुइँखेलमा वृहत योग र स्वयम्भूदेखि वसन्तपुरसम्मको सम्पदा पदयात्रा आयोजना गर्यो । विहान साढे ४ बजे भेला भएर ६ बजेसम्म सामुहिक योग गरिएको थियो भने त्यसपछि सम्पदा पदयात्रा गरिएको थियो ।

 

 

 

 

भुइँखेलबाट सुरु भएको पदयात्रा चारा हिटी, धिमे ल्वहं, निपु हिटी (भीमसेन मन्दिर), डल्लु चौतारा, भेलु महादेव, रञ्जित मल्ल सतः घाट, तप्यँताँ, म्येछ्यों हिटी, बुरांखेल, सामुदायिक (लोकेश्वर) गल्ली, आयुर्वेदिक अस्पताल, नरदेवी द्यःछेँ, पाछै गल्ली, सुन्ता गल्ली, दमाइ टोल, चस्वांद्वँ, साः (तेल मिल), बन्जाः हिटि, मिच्याः गल्ली, मरुबहि, सन्तानेश्वर महादेव, मरु हिटि हुँदै मरु गणेश पुगेर समापन भएको थियो ।

 

 

 

स्वस्थ्य जीवनका लागि योग र सम्पदाको पहिचान प्रवर्धनका लागि पदयात्रा गरिएको वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए । २२ सय मिटरका दुरीमा भएका २ वटा सम्पदा क्षेत्रका बिचमा दर्जनौँ भौतिक सम्पदा छन् । ती हरेक सम्पदासँग अभौतिक क्रियाकलाप हुने गरेका छन् । स्थानीयबासीलाई यी सम्पदाको सम्बन्ध बुझाउन पदयात्रा गरिएको हो । डंगोलले स्पष्ट पारे ।

 

 

 

सम्पदा तथा पर्यटन विभागले लिपि गुथिसँगको सहकार्यमा वसन्तपुरमा क्यालिजात्रा आयोजना गर्दैछ । जात्रामा रञ्जना लिपि लेखन कला प्रदर्शन हुनेछ । नेपाल मण्डल (काठमाडौँ) को सभ्यता र पहिचानको प्रतीक रञ्जना लिपिको संरक्षण गर्न र पर्यटन प्रवर्धनमा सहयोग हुने अपेक्षा राखेर जात्रा आयोजना गरिएको सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले जानकारी दिइन् ।

 

 

 

विश्वभरि हरेक दिन मानिसहरु कुनै न कुनै संस्कार र संस्कृति मनाइरहेका हुन्छन् । हरेक ठाउँका प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रुपमा मनाउन हरेक बर्ष अंग्रेजी महिनाको अप्रिल १८ तारिख इन्टरनेशनल डे फर मोनुमेन्ट्स एण्ड साइट्स अर्थात् बिश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ । इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स (स्मारक क्षेत्रहरुको अन्तरराष्ट्रिय परिषद) ले दिवस मनाउन सुरु गरेको हो । यो परिषद सन् १९६५ मा स्थापना भएको हो ।

 

 

 

 

प्राकृतिक तथा मानव सृजित सम्पदाको महत्वलाई प्रवर्धन गर्नु, पुस्तान्तरण गर्नु तथा संरक्षणका उपाय र सिकाइ आदान प्रदान गर्नु दिवस मनाउनुको मुख्य उद्देश्य हो । यस्ता सम्पदासँग समाजको अन्तरनिहित नाता हुनाले संरक्षण र प्रवर्धनमा सामाजिक दायित्वको सन्देश दिनु पनि दिवसको लक्ष्य हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९