आइपिएलमा कसरी भइरहेको छ रनको बर्षा ?

काठमाडौं । विश्वकै सर्वाधिक आकर्षक क्रिकेट प्रतियोगिता आइपिएलमा यो वर्ष रनको बर्षा भइरहेको छ । ब्याट्सम्यानहरुले यस आइपिएलमा बलरमाथि निर्मम ब्याटिङ गर्दै लगभग हरेक खेललाई छक्का प्रहारको प्रतियोगितामा परिणत गरिदिएका छन् । जसका कारण बलरहरु निराश र असहाय देखिन्छन् । यस आइपिएलले टी–२० क्रिकेट अब नयाँ दिशामा गइरहेको विश्लेषण शुरु गरेका छन् ।

 

यस आईपीएलमा बुधबारसम्म ४० खेल सकिदा १२३१ चौका र ७१२ छक्का प्रहार भएको छ । जबकी २०२३ को आईपीएलमा २१७४ चौका र ११२४ छक्का प्रहार भएका थिए । यो वर्षको आईपीएल सिजनको करिब आधा बाँकी छ । यस्तो अवस्थामा गत वर्षको कीर्तिमान यस वर्षको आईपीएलमा तोडिने निश्चित छ ।

 

आईपीएलको प्रारम्भिक चरणमा १५० देखि १६० को स्कोरलाई डिफेन्डेबल मानिन्थ्यो । तर, आज यो स्कोर बनाउने टोलीले १० मध्ये ८ खेलमा हार बेहोरेको छ । टी-२० क्रिकेट शुरु भएको १७-१८ बर्षमा कुनै पनि टोलीले २०० वा सोभन्दा बढी रन बनाउनु सामान्य बनेको छ ।

 

आइपिएलको यो सिजनमा खेलिएका ४० खेलमा टोलीले २१ पटक २०० भन्दा बढीको आँकडा पार गरेका छन् । १० खेल भएका छन् जसमा दुवै टोलीको संयुक्त स्कोर ४ सय नाघेको छ । अचम्मको कुरा, दुई खेलमा कुल रन ५ सय नाघेको थियो । त्यति मात्रै होइन । यस आईपीएल सिजनमा प्रति ओभरको औसत रन रेट १० रहेको छ । यस सिजनमा धेरै रन बनाउने टिममा सनराइजर्स हैदरावाद अगाडी रहेको छ ।यो सिजनमा हैदरावादको टोलीले एकपछि अर्को गर्दै धेरै कीर्तिमान बनाएको छ ।

 

दिल्ली क्यापिटल्स विरुद्धको आफ्नो पहिलो खेलमा हैदरावाद सनराइजका ब्याट्सम्यानले पावर प्ले (६ ओभरमा) मा १२५ रन बनाए, जुन यसअघि कहिल्यै भएको थिएन । यसको औसत २०.८३  प्रति ओभर रन छ, जुन मन छक्क पार्ने छ ।

 

हैदरावादले यो सिजन तीन पटक एक इनिङमा २५० भन्दा बढी रन बनाएको छ । रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध उसले २८७ रन बनायो, जुन आईपीएलमा अहिलेसम्मकै सर्वाधिक स्कोरको कीर्तिमान हो । यसले यो सिजनमा नै ३०० को स्कोर लिमिट पनि पार गर्न सक्ने संकेत गर्छ ।टी-२० म्याचको मूडले धेरै रोमाञ्चक खेलहरूको ग्यारेन्टी दिन्छ । ब्याट्सम्यानले निरन्तर ब्याटिङ गर्ने अपेक्षा गरिएको छ ।

 

यस्तो विस्फोटक ब्याटिङको कारण के हो ?

पहिलो कारण समतल पिच हो। सेतो बलको ओडिआई र टी–२० खेलको आधारभूत सिद्धान्त भनेको पिच बलरका लागि ‘खतरनाक’ नभई ब्याट्सम्यानका लागि उपयुक्त हुने हो । किनभने दर्शकले टी–२० खेलमा उत्कृष्ट प्रदर्शन हेर्न चाहन्छन् । यस्तो अवस्थामा यस्ता खेलमा ठूला शट खेल्नु सामान्य कुरा भइसकेको छ । फ्यान होस्, कमेन्टेटर होस् वा प्रायोजक, सबैले ब्याट्सम्यानबाट एउटै अपेक्षा राख्छन् । र, खेलमा यसलाई प्रवर्द्धन गर्न हर सम्भव कदम चालिएको छ ।

 

अन्य टी-२०  प्रतियोगिताहरू जस्तो नभई, आइपिएलले यसलाई धेरै गम्भीरताका साथ लिन्छ र पिचहरूलाई सकेसम्म ब्याटिङमैत्री बनाइएको सुनिश्चित गर्ने गरेको पाइएको छ । तर, बलरहरूले समतल पिचको चुनौती मात्र सामना गर्नुपर्दैन ।

 

ब्याट्सम्यानहरू पहिलेभन्दा धेरै फुर्तिलो, शक्तिशाली र सबैभन्दा महत्त्वपूर्ण जोखिम लिने भएका छन् । खासगरी टी–२० को प्रारम्भिक चरणमा करियर सुरु गर्ने ब्याट्सम्यानहरु । उनीहरु ब्याटिङ गर्दा बढी जोखिम मोल्छन् ।

 

नियममा केही यस्ता परिवर्तन पनि गरिएका छन्, जसका कारण टी–२० खेलमा बलरका लागि कम अवसर बाँकी छ । उदाहरणका लागि, यो आईपीएल सिजनमा प्रभावशाली खेलाडी (इमप्याक्ट खेलाडी)  को नियम लागू भएपछि, प्रशिक्षक र कप्तानले आवश्यक समयमा खेलाडी फेर्ने विकल्प पाएका छन् । यो एक रोचक परिवर्तन हो, र कुनै पनि बलरलाई प्रभावकारी विकल्पको रूपमा खेलको बीचमा फिल्डिङ गर्न सकिन्छ । तर, अहिलेसम्म  यस नियमको ब्याटिङमा जानकार खेलाडीले मात्रै फाइदा उठाइरहेको देखिन्छ ।

 

क्रिकेटमा यो ब्याट्सम्यानको खेल हो भन्ने पुरानो भनाइ छ । तर, अहिले क्रिकेटमा बल र ब्याटबीचको बढ्दो असन्तुलन टी–२० का लागि सही हो कि होइन भन्ने चर्को बहस चलिरहेको छ ।

 

चाखलाग्दो कुरा के छ भने पूर्व भारतीय कप्तान तथा महान ब्याट्सम्यान सुनिल गावस्कर यस बहसमा बलरको समर्थनमा उभिएका देखिन्छन् । गावस्कर भन्छन्, ‘यदि यी खेलहरू एकतर्फी भए भने यो खेलप्रति मानिसहरूको चासो र खेलको रमाइलो समाप्त हुनेछ ।’ गावस्करको सबैभन्दा ठूलो गुनासो यो हो कि बाउन्ड्री दूरी पहिलेको ७५ यार्डबाट घटाएर ६५ गज वा कम बनाइनु रहेको छ । आफ्नो असन्तुष्टि व्यक्त गर्दै उनी भन्छन्, ‘एउटा बलरले आफ्नो अगाडि उभिरहेका ब्याट्सम्यानलाई गल्ती गर्न बाध्य पार्छ । तर, बदलामा उनले चौका वा छक्काको सजाय भोग्नुपर्नेछ । ब्याट्सम्यानलाई क्याच आउट गराउन सक्ने शटलाई छक्कामा परिणत गरिन्छ ।’

 

आजको ब्याट्सको राम्रो दक्षतालाई ध्यानमा राख्दै, गलत शटले पनि लामो दूरीमा जान्छ र बललाई बाउन्ड्रीभन्दा बाहिर पठाउन सक्छ । यसले गावस्करको गुनासो जायज देखिन्छ । दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेनले ब्याट्सम्यानको वर्चस्वसँग सम्बन्धित अर्को रोचक पक्ष औंल्याए ।

 

उनको विचारमा यस्ता खेल बलरको सीप र स्वभावका लागि चुनौती बन्छन् । डेल स्टाइन भन्छन्, ‘बलरहरूसँग चार ओभरमा हिरो बन्ने मौका छ र उनीहरूलाई त्यसो गर्न प्रोत्साहित पनि गरिन्छ।’ क्रिकेटमा प्रचलित पुरानो सोचभन्दा टी–२० खेलमा चाहिने सीप र मानसिकता धेरै परिवर्तन भएको छ ।

 

नयाँ र बदलिएको परिवेशमा सबै खेलाडीहरूले समय र आवश्यकताअनुसार आफूलाई छाँटकाँट गर्ने, आक्रामक दृष्टिकोण अपनाउने र खेलमा सान्दर्भिक रहन नयाँ तरिकाहरू प्रयोग गर्ने अपेक्षा गरिन्छ । तर, यदि हामीले क्रिकेटलाई गल्फ र बेसबलको मिश्रण हुनबाट जोगाउन चाहन्छौँ भने टी–२० खेलमा बल र ब्याटबीच सन्तुलन कायम राख्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौँ,  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनुभएको छ ।सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

मुस्ताङ,   हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम¬) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९