अफगानिस्तानको टी-२० विश्वकप खेल्ने टिममा को को परे ?

काठमाडौँ । अफगानिस्तानले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अफगानिस्तानले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

 

विश्वकप खेल्ने अफगानिस्तानको टिममा राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करिम जनात, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी र फरीद अहमद मलिक रहेका छन् ।

 

त्यसैगरी टिमसँगै जाने रिजर्भ खेलाडीमा सेदिक अटल, हजरतुल्लाह जाजई र सलीम साफी रहेका छन् । टी-२० विश्वकपमा अफगानिस्तान समुह सी मा रहेको छ । यस समुहमा अफगानिस्तानसँगै न्यूजील्याण्ड, वेस्ट इन्डिज, पिएनजी र युगाण्डा रहेका छन् । विश्वकपमा अफगानिस्तानको पहिलो खेल जुन ३ मा युगाण्डासँग रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१