
सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा चौथो दिन आज तीन खेल सम्पन्न भएका छन् । बिहान भएको पहिलो खेल घोडाघोडी युवा क्लब घोडाघोडी र हिमालय युवा क्लब भजनी बिच भएको थियो । जसमा घोडाघोडी युवा क्लबले ३ गोल प्रहार गर्दे विजय भयो । निर्धारित खेल समयमा हिमालय युवा क्लब भजनीले १ गोल मात्र फर्काउन सक्यो । बिहान भएको खेलको म्यान अफ द म्याच घोडाघोडी युवा क्लब खेलाडी सुरेन्द्र ढकाल भए ।त्यसै गरी दिउँसो भएको दोस्रो खेलमा पन्चकोशी युवा क्लब लम्की र बिहानी युवा क्लब भजनी बिच भएको थियो । जसमा पन्चकोशी युवा क्लबले ३ गोल प्रहार गर्दे बिहानी युवा क्लब भजनीलाई हराएको थियो । निर्धारित खेल समयमा बिहानी युवा क्लब भजनीले १ गोल फर्…