एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकबाट १८ बुँदे प्रस्ताव पारित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले १८ बुँदे प्रस्ताव पारित गरेको छ । आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गर्दै लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको उल्लेख गर्दै फिर्ताको पहल गर्न माग गरेको हो ।

बैठकबाट पारित प्रस्तावहरू:

 

१. हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को मिति २०८१ असार १६ देखि २० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा सुभेच्छुकहरूमा यो बैठक वैचारिक, राजनीतिक, संगठानिक तथा भौतिक रूपमा योगदान गर्न आह्वान गर्दछ ।

 

२. कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ ।

 

३. मुलुकका विभिन्न स्थानमा यो वर्ष डढेलो र आगलागीमा परी दर्जनौको संख्यामा सर्वसाधारण जनताको ज्यान गएको छ । कैयन घाइते र घरबार विहिन भएका छन्। यो बैठक आगलागीमा परी मृत्यु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्तगर्दै घाइतेहरूको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकार समक्ष मागगर्दछ ।

 

४. आगामी मनसूनको समयमा सामान्य भन्दा अधिक वर्षाहुने प्रक्षपण गरिएका समाचारहरू प्राप्त हुन थालेका छन्। तसर्थ विषम मौसम पूर्वअनुमानलाई ध्यानमा राख्दै अधिक वर्षा र बाढी, पहिरोबाट हुने जनधनको न्यूनीकरण गर्नका लागि आवश्यक पूर्व तयारीमा रहन यो बैठक सरकारलाई आह्वान गर्दछ र नदी किनारा र बाढीले प्रभावित हुनसक्ने क्षेत्रका जनतालाई सतर्क रहन समेत अपिल गर्दछ।

 

५. वर्षाको सुरूवात भएपछि मुलुकभर रोपाईको गतिविधि तीव्र रूपमा अगाडि बढ्ने अवस्थामा धान रोपाईको लागि आवश्यक पर्ने बिऊबिजन र मलखाद्को आपूर्ति व्यवस्थाको सुनिश्चित गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

 

६. अहिले हाम्रो आर्थिक जीवन दिनानुदिन सङ्कटपूर्ण बन्दै गएको छ । उद्योग व्यवसायहरू धमाधम बन्द हुँदैछन् वा अति कम क्षमतामा चलेका छन् । यसबाट उद्यमीहरूमा निराशा बढ्दैछ, रोजगारीका अवसरहरू पनि दिनानुदिन साँघुरिँदै गएका छन् । वैदेशिक रोजगारी र शिक्षाका लागि बाहिरिने युवाहरूको संख्या बढ्दैछ । उत्पादन मात्रै होइन मागमा पनि ह्रास आएको छ । उपभोक्ताको क्रयशक्ति घट्दैछ । यो बैठक, वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ । लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत् अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग जोडदार माग गर्दछ ।

 

७. उचित ज्यालाको व्यवस्था गर्दै अनौपचारिक क्षेत्रका श्रमजीवीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न तथा श्रम निरिक्षण प्रणालीजस्ता संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारीरुपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन र राष्ट्रिय श्रम आयोग गठनका लागि आवश्यक निर्णय गर्न यो बैठक नेपाल सरकार र सम्बन्धित सबै सरोकारवालासँग जोडदार माग गर्दछ ।

 

८. नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरूका लागि लगानीको वातावरण तयार गर्न, औद्योगिक विकासलाई तीब्रता दिन व्यवस्थापनमा सुधार गर्दा नाफामा जान सक्ने सार्वजनिक संस्थानहरूलाई सुचारु गर्न, औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा तदारुकता देखाउन तथा लगानीमैत्री कानून एवम् छिटो–छरितो कार्यबिधि निर्माण गर्न यो बैठक सरकारसँग माग गर्दछ । वित्तीय सुविधामा निश्चित व्यावसायिक घरानाहरूको मात्र पहुँच हुने वर्तमान वित्तीय एकाधिकारको स्थितिको अन्त्य गरी अधिकतम रोजगारी सृजना गर्ने साना तथा मझौला व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति तय गर्नुका साथै नेपालमा आयात हुने तयारी माल÷बस्तुमा भन्सार कमगर्ने तथा कच्चा पदार्थको आयातमा भन्सार दर बढी हुने व्यवस्थाहरूको अन्त्य गरी उत्पादनमैत्री कानूनी ब्यवस्था गर्न पनि यो बैठक माग गर्दछ ।

 

९. हाम्रो पार्टीले विभिन्न समयमा देशका आर्थिक तथा राष्ट्रिय महत्वका विविध विषय र समस्याहरू समाधान गर्नका लागि पार्टीको दृष्टिकोणसहितका मागपत्रहरु प्रधानमन्त्री समक्ष प्रस्तुत गरेकामा ती मागहरुको सम्बोधन गरी देशको आर्थिक अवस्थालाई सहजतातिर लैजान कुनै प्रयास नगरेकोप्रति यो बैठकको गंभीर रुपले ध्यानाकर्षण भएको छ । यो बैठक देशका समस्याहरु समाधान गर्नका लागि हाम्रो पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई पेश गरेका मागपत्रहरुको कार्यान्वयन गर्ने दिशामा गंभीर बन्नका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

 

१०. प्यालेस्टायनी भूमि गाजा क्षेत्रमा ईजरायलले गरेको नृशंस आक्रमणप्रति यो बैठक निन्दा गर्दछ । यो बैठक प्यालेस्टायनी जनताको भूमि, स्वतन्त्र राष्ट्र र सार्बभौमिकताको रक्षाको लागि संयुक्त राष्ट्रसंघद्वारा पारित प्रस्तावहरुप्रति समर्थन जनाउँदै उक्त क्षेत्रमा यथाशिघ्र युद्धविराम गर्न आह्वान गर्दछ । त्यहाँ भईरहेको मानवीय संकट समाधान गर्न र मध्य पूर्व क्षेत्रमा दिगो शान्ति स्थापना गर्नका लागि आवश्यक पहल गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछ ।

 

११. ईजरायलमा अध्ययन गर्न गएका नेपालका बिपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने कुरा सार्बजनिक भएको छ । यो बैठक उहाँलाई सकुसल मुक्तगर्न सम्बन्धित अधिकारीहरू समक्ष अपिल गर्दछ र निजलाई सकुसल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ ।

 

१२. रूस–युक्रेन युद्ध लम्बिँदै र जटील बन्दै गएको, हतियारको अत्यधिक प्रयोग बढ्दै गएको र धनजनको क्षति त्यही रूपमा बढ्दै गएको छ । त्यसले आर्थिक विकासमा बाधा, खाद्यान्नको अभाव, महङ्गी, विश्वव्यापारमा तथा रोजगारीमा गिरावट, इन्धनको मूल्यमा बृद्धिजस्ता नकारात्मक प्रभाव बढ्दै गएका छन् । यो बैठक युद्धरत मुलुकहरू तथा यस युद्धमा प्रत्यक्ष—अप्रत्यक्षरुपले संलग्न मुलुकहरूलाई संयमित हुन र वार्ताद्वारा समस्याको समाधान गर्न अपील गर्दै त्यसमा प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई आह्वान गर्दछ ।

 

१३. अवैध बाटोबाट रूसी सेनामा केही नेपाली युवाहरू भर्ती हुन पुगेको खबरहरू प्राप्त भएका छन् । रोजगारीका नाममा यस्ता व्यक्तिहरू अन्तर्राष्ट्रिय मानवतस्करको चंगुलामा परेर युद्धको मैदानमा पुगेका छन्। यस्ता होनहार युवाहरु मध्ये केहीको मृत्यु भएको छ भने केही घाइते र वेपत्ता भएका छन । यो बैठक नेपाली युवालाई रूसी सेनामा भर्ती गरिने कार्य रोक्न, युद्धमा मारिएका र घाइतेहरुलाई क्षतीपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, वेपत्ता भएकाहरुको खोजी गर्न र गैर कानूनी रूपमा रूसी सेनामा भर्ती गराउने दलालहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष मागगर्दछ ।

 

१४. जलवायु परिवर्तन, वातावरणीय सङ्कट, शस्त्रास्त्र होडवाजी, सूचनामा एकाधिकार, युद्ध तथा द्वन्द्वले सिर्जना गरेको विस्थापन तथा शरणार्थी सङ्कट, अभाव र भोकमरीजस्ता आज दुनियाँले व्यहोरिरहेका समस्याहरूको मुख्य कारण आजको विश्व पुँजीवादी साम्राज्यवाद हो र त्यसका दुस्परिणामहरूले मानवजातीको भविष्य अनिश्चित बन्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै त्यसका विरूद्ध संसारभरीका क्रान्तिकारी, प्रगतिशील तथा न्यायप्रेमी जनताले चलाएका सबैखालका अभियान, आन्दोलन तथा प्रतिरोधसँग यो बैठक ऐक्यबद्धता प्रकट गर्दछ ।

 

१५. श्रमजीवी शिक्षक कर्मचारीहरुको विचार र राजनीतिक स्वतन्त्रताको हकमा कुण्ठित गर्नेगरी कुनै पनि निर्णय नगरियोस् भन्ने कुरा यो बैठक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ । विचारमा स्वतन्त्रता तथा सेवा प्रवाहमा निष्पक्षता तटस्थता र गुणस्तरीयता’ को नीतिका साथ शिक्षक कर्मचारीहरुको अधिकारलाई सुनिश्चित गर्न यो बैठक सम्बधित पक्षसँग माग गर्दछ ।

 

 

१६. विशेषगरी तराई मधेसका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने विभिन्न समुदायबीच असहिष्णुता, वैमनश्यता फैलाएर द्वन्द सिर्जना गर्ने कार्य भैरहेको छ । यो बैठक यसप्रकारका द्वश, अशहिष्णुता र वैमनश्यता फैलाउने कार्यलाई कडाईका साथ रोक लगाउने, कार्वाहीको दायरामा ल्याउने र अशुरक्षित समुदायलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यमा सरकार अग्रसर रहोस भन्ने माग गर्दछ ।

 

 

१७. ताप्लेजुब जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्कुमलुब÷पाथीभारा क्षेत्रमा केबुलकार एक कम्पनीलाई राख्न दिने शर्तमा त्यहाँका आदिवासी लिम्बूहरुको मुन्दुमी पवित्रस्थल, जैविक विविधता, महत्वपूर्ण जडिबुटीको विनास तथा राष्ट्रिय फूल लालीगुँरासको लाखौं रूखहरू धमाधम काटिरहेको छ । यस जैविक विविधता र मुन्दुमी स्थल संरक्षणको लागि लिम्बूजन्य संघसंस्थाहरूले खबरदारी र सो विनासलाई रोक्ने प्रयत्न गरी रहेका छन्। यो बैठक पवित्र मुन्दुमी स्थलहरूको संरक्षणको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दछ र तत्काल उक्तकार्य रोक्न तथा उक्त क्षेत्रलाई संरक्षण र सुरक्षित गर्न सरकारसँग माग गर्दछ ।

 

 

१८. खाद्य अधिकार तथा खाद्य संम्प्रभुता सम्बन्धि कानून र नियमावलीलाई तत्तकाल कार्यान्वयन गर्न, दुद्य, उखु, तरकारी तथा अलैची किसानहरूका जायज माग तुरून्त पूरा गर्न यो बैठक सरकारसँग जोडदार रूपमा माग गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम,  मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन  गरी उहाँले आफू वर्तमान संविधानअनुसार  मुख्यमन्त्री बनेको जानकारी दिँदै  मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट...

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

दमक (झापा),  यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो । पहिलो...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर,  कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटिपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) सँगको सहकार्यमा निःशुल्क फोटो...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

काठमाडौँ,  ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ । यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९