अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनमा सुरक्षाकर्मीको बल प्रयोगको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनमा सुरक्षाकर्मीहरुबाट अत्याधिक बल प्रयोग भएको र उक्त घटनामा ७ जना घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

आयोगले विहिबार एक विज्ञप्ति जारी गर्दै आयोगले घटनाको अनुगमन गरेको र अपाङ्गता भएका व्यक्तिहरुको समूहले प्रदर्शन गर्ने क्रममा उक्त क्षेत्रको सवारी आवागमन अबरुद्ध भएको, सडकको दुई लेनमा प्रदर्शन गरी बाँकी भागमा सवारी आवागमन गराउन खोज्दा विवाद भएको, यसक्रममा प्रहरीले निजहरुमाथि लछारपछार गर्दै कुटपिट गरेको अनुगमनबाट पाइएको बताएको छ ।

 

आयोगले भनेको छ- 

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका सम्बन्धमा बनेका कानुनहरु र यस अगाडि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र आन्दोलनरत पक्ष बिच भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै विगत लामो समयदेखि आन्दोलनमा रहेका अपाङ्गता भएका व्यक्तिहरुमाथि प्रदर्शन गर्ने क्रममा २०८१ जेठ २ गते सुरक्षाकर्मीहरुबाट अत्याधिक बल प्रयोग भएको र उक्त घटनामा ७ जना घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

आयोगले घटनाको अनुगमन गरेको छ । रत्नपार्कको शान्ति वाटिकाबाट पर्यटन बोर्ड हुँदै माइतीघरसम्म पूर्वयोजना अनुरुप अपाङ्गता भएका व्यक्तिहरुको समूहले प्रदर्शन गर्ने क्रममा उक्त क्षेत्रको सवारी आवागमन अबरुद्ध भएको, सडकको दुई लेनमा प्रदर्शन गरी बाँकी भागमा सवारी आवागमन गराउन खोज्दा विवाद भएको, यसक्रममा प्रहरीले निजहरुमाथि लछारपछार गर्दै कुटपिट गरेको अनुगमनबाट पाइएको छ । प्रहरीले २० जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त अनामनगरमा राखेको, अपाङ्गता भएकी प्रदर्शनकारी महिलामाथि पुरुष प्रहरीले बुटले पेटमा हानेको, बोलाई सम्बन्धी अपाङ्गता भएका रमेश खड्कालाई निर्मम तरिकाले कुटपिट गर्नुका साथै घाँटी अँठ्याएको प्रत्यक्षदर्शीहरुले आयोगको टोलीलाई बताएका छन् ।

 

त्यसैगरी, प्रहरीको कुटपिटबाट घाइते भएका ह्विलचेयर प्रयोगकर्ता लक्ष्मण मगरको पाखुरामा निल डाम रहेको, बौद्धिक अपाङ्गता भएका १५ वर्षीय बालकलाई प्रहरीले लछारपछार गर्दै यो बच्चाले अपाङ्गता भएको नाटक गरेको हो भन्दै अशंवेदनशील शब्दको प्रयोग गरेको आयोगको अनुगमनबाट पाइएको छ ।

 

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४, नियमावली २०७७ एवम् नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ ले पूर्ण वा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोगी वा संरक्षक उपलब्ध गराउने तथा राज्यका सेवा सुविधाहरुमा प्राथमिकता दिनुपर्ने लगायतका व्यवस्था गरेको छ । त्यस्तै, नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ लगायत राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय कानूनहरुले समेत शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको प्रत्याभूत गरेको छ ।

 

अतः तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकार बिच यस अघि भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिन, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न एवम् शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान र संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम,  मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन  गरी उहाँले आफू वर्तमान संविधानअनुसार  मुख्यमन्त्री बनेको जानकारी दिँदै  मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट...

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

दमक (झापा),  यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो । पहिलो...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर,  कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटिपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) सँगको सहकार्यमा निःशुल्क फोटो...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

काठमाडौँ,  ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ । यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९