 
                        काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भैइरहेको छ ।
यसअघि विहिबार सुन तोलामा १ लाख ४० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ थियो ।त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                































 
                     
                     
                     
                     
                    

























































































































