लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी

चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो ।नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा.रेवन्त भट्टराई, डा.सुविर सिंह, उपप्राध्यापक डा.अनन्त दाहाल र डा.विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो ।

 

 

 

मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा रु.१६.५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर रु.१५.३३ पाउने गरेका छन् । लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । उनका अनुसार उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, उद्योग संघ चितवनका अध्यक्ष सूर्यप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई, भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज रानाभाट, पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक बब्लु ठाकुर, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक इन्दु राय यादवको उपस्थितिमा छलफल गरिएको हो ।

 

 

 

 

यसैगरी नेपाल पोल्ट्री महासंघका महासचिव दिनेश मिश्र, नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल, नेपाल ह्याचरी उद्योग संघका बागमती प्रदेश अध्यक्ष ज्ञानु विसुराल लगायत सरोकार पक्षबीच छलफल भएको थियो ।कार्यक्रममा डा. अनन्त दाहालले अण्डाको लागत मूल्य रु.१६.५६ हुनुका कारणबारे प्रकाश पार्नुभएको थियो । फर्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक व्याज, औषधि, मजदुर लगायतलाई समेटेर लागत मूल्य तय गरिएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा सहभागीहरुले अब पनि लागत मूल्यभन्दा कममा अण्डा बिक्री भएमा नेपालमा पोल्ट्री क्षेत्र समाप्त हुने भन्दै बजारीकरणमा जुट्न सुझाव दिएको संघका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए ।

 

 

 

 

कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले हालको अण्डाको बजारको अवस्था र उत्पादनको बारेमा जानकारी गराएका थिए । उनका अनुसार यस अघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ ।नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाख वटासम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ । हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको छ । पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताए । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौँ,  नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ ।खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय...

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

ग्योङ्जु (दक्षिण कोरिया), चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सन् २०१७ पछि दुवै देशका नेताबीचको यो पहिलो औपचारिक वार्ता हो । यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफल अघि भएको हो । चीन र क्यानाडाबीचको...

नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोलपम्पको उद्घाटन

काठमाडौँ,  प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज नेपाल प्रहरी प्रदेश कार्यालय कास्कीको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोलपम्पको उद्घाटन गर्नुभएको छ । उहाँले प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँबाट भर्चुअल माध्यममार्फत उक्त पेट्रोलपम्पको उद्घाटन गर्नुभएको हो ।     उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङले समाजमा शान्ति, सुरक्षा कायम राख्न...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९