मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ ।सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ ।आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ भने । अहिले सडक भने सञ्चालनमा आएको छ ।

































































































































































