कैलाली(सुदूरपश्चिम सरकारले भोलि भदौ ७ गते सार्वजनिक बिदा निर्णय गरेको छ । भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ परेकाले बिदा दिइएको हो ।
प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकोमा बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ।
अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ।
२०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो।



















































































































































